
Rgp
Dbs
lnp
Rgp
Ggp
Pbu
Lks
Rgp
Ggp
Usb
Rgp
ksb
Lnp
Sgp
Jns
Dus
Asb


दाङ । तुलसीपुरबाट संचालनमा रहेको राप्ती पहिचान डटकम संचारगृहले आफ्नो संचारगृह शाखा प्रमुखको क्यान्सर पीडित नन्दकलाको उपचारका लागि सबैलाई सहयोग गर्न अपिल गरेको छ ।
संचारगृहका प्रकाशक तथा कार्यकारी सम्पादक एग्गे
बहादुर बुढा मगरले संचारगृहका सामाजिक कार्य सेवा शाखा प्रमुख नन्दकला बुढा मगरको उपचारका लागि सहयोग गर्न अपिल गरेका हुन् ।
नन्दकला लामो समयदेखि क्यान्सर रोगबाट थलिएकी छिन् । चितवनको भरतपुर स्थित वि पी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा हाल उनको उपचार भई रहेको छ । झन्डै ४ वर्ष अघि बुढालाई पाठे घरको मुखको क्यान्सर देखिएपछि उनको नियमित उपचार भई रहेको छ । बुढाको आर्थिक अवस्था कम्जोर भएको हुँदा संचारगृहले सहयोगको अपिल गरेको हो ।
त्यस्तै संचारगृहले यस अघि सकेसम्म सरकारी कार्यालय हरुबाट बिज्ञापन नलिने निती अख्तियार गरेको भएपनि यो आर्थिक वर्ष भने नीतिगत रुपमा बिज्ञापन दिन मिल्ने कार्यालयहरुबाट स-शुल्क बिज्ञापन लिएर उपचार खर्च जोहो गर्ने निर्णय गरेको छ ।
गृहका प्रकाशक तथा कार्यकारी सम्पादक एग्गे बुढा मगरले सहयोग गर्न ईच्छुक दानबिर दाताहरुलाई संचारगृहको नाममा रहेको रास्ट्रीय बानिन्ज्य बैंक तुलसीपुर शाखाको खाता नम्बर ४१६०१००२००७ ३००१ मा रकम सहयोग गर्न सकिने बताएका छन् ।
सरकारी कार्यालयबाट बिज्ञापन नलिने निर्णय गरेको भएपनि नन्दकला बुढाको उपचार खर्च जोहो गर्न पुन:सरकारी कार्यालयहरुलाई बिज्ञापन दिन खुल्ला गरिएको कुरा एग्गे बुढाले जानकारी गराए । राप्ती पहिचानले २०८० चैत्र २ गते पनि आर्थिक सहयोगका लागि अपिल गरेको समाचार सामग्री प्रकाशन गरेको थियो ।
गृहका शाखा प्रमुख नन्दकला बुढा प्रकाशक तथा कार्यकारी सम्पादक एग्गे बुढाका श्रीमती हुन् । एग्गेले देश तथा विदेशमा बसेका सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई सक्दो सहयोग गरिदिन अनुरोध समेत गरेका छन् ।
