
Bsn
Csb
Tgp
Nsb
Rks
Ksb
Ksb
Ksb
Ppu
Usb
Gsb
Ssb
Ssb
Rsb

Ssb
Tsb
Hl1
Gsb
Usb

Nps
ptl
Rgu
दाङ । लमहीका कृषकहरुले यस वर्ष उत्पादन गरेको धान बिक्री गर्न थालेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड,मुख्य शाखा कार्यालय तुलसीपुरले लमही नगरपालिकाबाट १ हजार ५ सय क्विन्टल धान खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले मोटा धानको प्रती क्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा मुल्य निर्धारण गरी खरिद गरिरहेको छ । धान भण्डारण तथा बिक्री व्यवस्थापनका लागि लमही नगरपालिका–६ खैरीस्थित पञ्च रत्न खाद्य उद्योगको खालि घर प्रयोग गरिएको छ ।
धान बिक्रीको प्रगति,बाँकी धानको अवस्थाबारे जानकारी लिने उद्देश्यले लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगी स्वयं भण्डारण स्थल पुगेकि हुन् । उनले त्यहाँ खटिएका कृषि शाखाका कर्मचारीसँग नापतौल तथा खरिद प्रक्रियामा हुने सम्भावित समस्या बारे जानकारी लिएकी छिन् ।
त्यस्तै अहिलेसम्म कति किसानले धान बिक्री गरिसके,कति धान बाँकी छ भन्ने विवरण संकलन भइरहेको छ। नापतौल तथा खरिदमा कुनै गुनासो नआओस् भन्ने उद्देश्यले नगर प्रमुखले कर्मचारीलाई कृषकमैत्री सेवा दिन स्पष्ट निर्देशन दिएकी छिन् । कृषकहरुले सरकारी मुल्यमा धान बिक्री गर्न पाएका कारण सन्तुष्टि व्यक्त गरेका छन् ।
