Sidha Patra मंगलबार, मंसिर ०२, २०८२

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका नौजनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार दिउँसो परिसरमा रहेका प्रसाईंलाई भेट्न पुगेका उनका निजी सुरक्षा गार्ड र नागरिक बचाउ महाअभियानका कार्यकर्ताहरु पक्राउ परेका हुन्।

परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए। उनीहरु चढेर गएको गाडी पनि प्रहरीले खानतलासी गरेको छ । प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति खलल पुर्‍याउने गरी अभिव्यक्ति दिएको आरोपमा सोमबार राति उनकै निवासबाट पक्राउ गरेको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनलाई थप ४ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान अघि बढाउन अनुमति दिइसकेको छ। नागरिक बचाउ महाअभियानका सदस्यहरुले मंगलबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै प्रसाईंलाई २४ घण्टाभित्र रिहाइ गर्न माग समेत गरेका छन्।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]