
Sgp
Rgp
Dbs
Ggp
Rgp
Usb
Lnp
Lks
Asb
Jns
Pbu
Rgp
lnp
Ggp
ksb
Rgp
Dus


दाङ । “आर्थिक समृद्धिको आधार लघु उद्यममार्फत रोजगार” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत लमही नगरपालिका वडा नम्बर –२,ले बनकट्टाका महिला उद्यमीहरुलाई होजियारी मेसिन वितरण गरेको छ ।
वडा कार्यालयबाट विनियोजित बजेट मार्फत ६ वटा होजियारी मेसिन प्रदान गरिएको हो । अघिल्लो आर्थिक वर्षमा होजियारी तालिम प्राप्त गरेका महिलाहरुलाई अब उत्पादनमूलक उद्यम सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले मेसिन हस्तान्तरण गरिएको हो ।
त्यस्तै मेसिन हस्तान्तरण कार्यक्रममा लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले स्थानीय सरकार महिलालाई सीपयुक्त बनाएर आर्थिक रुपमा सशक्त बनाउने लक्ष्यका साथ अघि बढिरहेको बताइन् । “उद्यमी बन्न चाहने महिलाहरुसँग हामी हातेमालो गरेर अघि बढ्न तयार छौं,”-योगीले भनिन् ।
त्यसैगरी वडा सदस्य कालिचरण चौधरीले महिलालाई आत्मनिर्भर बनाउनका लागि वडा कार्यालयले नियमित रूपमा बजेट विनियोजन गर्दै आएको बताए । उनले प्रदान गरिएको मेसिन तथा तालिमको सदुपयोग गरी आर्थिक स्थायित्वको दिशामा अघि बढ्न उद्यमीहरुलाई आग्रह गरे ।
लमही नगरपालिकाले आर्थिक आयआर्जन अभिमुख बनाउनका लागि विभिन्न वडामा स्विटर बुनाइ च्याउ उत्पादन, कटाइ–सिलाइ, डल–कुसन बनाउने लगायतका सीप विकास तालिम सञ्चालन गर्दै आएको छ ।
