
Ppu
Ksb
Nsb
Rks
Gsb
Tgp
Ssb
Csb
Ksb
Ksb
Ssb
Usb
Bsn
Rsb

Tsb
Hl1
Gsb
Usb
Ssb

Rgu
Nps
ptl
काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेलाई थप जनही १५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
घाइतेहरु फलोअपका क्रममा आउन आर्थिक समस्या परेको गुनासो आएसँगै सरकारले थप आर्थिक सहुलियत गरेको हो ।
त्यस्तै मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेको उपचारार्थ थप तत्काल जनही १५ हजार उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४२९ जनालाई जनही १५ हजार रुपैयाँ रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको उनले बताए । यसअघि सरकारले घाइतेलाई जनही २० हजार रुपैयाँ दिएको थियो ।
बैठकले प्रदेश तथा स्थानीय सरकार शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारले प्रदान गर्ने करिव ५ मिलियन अमेरिकी डलर तथा स्वीस सरकारले प्रदान गर्ने २ दशमल १ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
यस्तै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्न आवश्यक अध्ययनगरी सुझाव पेश गर्न समिति गठन गरिएको छ । प्रकाशजंग केसीको संयोजकत्वमा ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ गठन गरिएको हो ।
बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको मन्त्री खरेलले जानकारी दिए । साथै,माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि लाग्ने पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम गर्ने निर्णय गरिएको छ ।
त्यस्तै सो कार्यका लागी अध्यागमन नियमावली, २०५१ को अनुसूची–१२ मा हेरफेर गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो । बैठकले शहीद धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठ लाई नियुक्त गरेको छ ।अनलाइनखबर
