
Pbu
Ggp
Dus
Lks
Rgp
Rgp
Jns
lnp
Dbs
Sgp
Rgp
Usb
Ggp
Lnp
Asb
ksb
Rgp


काठमाडौँ । इटहरीमा २३ हजार ८ सय थान प्रतिबन्धित लागुऔषधसहित नेपाल प्रहरीले फार्मेसी सञ्चालक दम्पतीलाई पक्राउ गरेको छ ।
गत कात्तिक ३० गते इटहरी उपमहानगरपालिका वडा नम्बर–१२,स्थित नसिव फार्मेसीमा ट्रामाडोल विक्री वितरण गर्दैछ भनी विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनार तथा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त फार्मेसीको सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै ५० वर्षीय नसिव नारायण चौधरीलाई पक्राउ गरी निजको घर कोठा समेत कानुन बमोजिम खानतलासी गर्ने क्रममा निजको श्रीमती वर्ष २४ की सम्झना चौधरीले सिमेन्टको २ वोरा घरको छत माथिबाट फाल्दै गरेको अवस्थामा देखि फालिएको बोराहरु चेकजाँच गर्दा उक्त बोरा भित्र लागु औषध ट्रामाडोल १९८० (एक हजार नौ सय असी) पत्तामा १९८०० (उन्नाई हजार आठ सय) क्याप्सुल र निजको कोठाको टेवलबाट प्रतिबन्धित औषधी ४०० (चार सय) पत्तामा ४००० (चार हजार) ट्यावलेट फेला हुँदा निजहरूलाई दुवै जनालाई उक्त लागु औषध र प्रतिबन्धित औषधी सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
