
Ksb
Usb
Rsb
Ssb
Gsb
Rks
Bsn
Ksb
Ssb
Nsb
Tgp
Ksb
Ppu
Csb

Gsb
Ssb
Hl1
Tsb
Usb

ptl
Nps
Rgu
दाङ । दाङको तुलसीपुरमा अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गर्ने टिप्पर र जेसिभिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तुलसीपुरमा उपमहानगरपालिका वडा नम्बर–१४,बगौसी दोभदान किनारमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एकवटा जेसिभि मेसिन र एकवटा ट्रिप्पर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिए ।
प्रहरीका अनुसार रा १ क १०६१ नम्बरको जेसिभी मेसिन र रा १ ख २६१४ नम्बरका ट्रिप्परले अनुमति बिना नै नदीजन्य सामग्री उत्खनन गरिरहेको पाएपछी नियन्त्रणमा लिइएको हो ।प्रहरीले कात्तिक २५ गते नियन्त्रणमा लिएका दुवै सवारीसाधनलाई तुलसीपुर उपमहानगरपालिकाले अवैध क्रियाकलापबापत १ लाख ८० हजार ५ सय १७ रुपैयाँ जरिवाना गराई आवश्यक कानुनी कारबाही पुरा गरेपछी मंसिर १ गते जेसिभि र टिप्पर सम्बन्धित व्यक्तिहरुलाई बुझाइएको छ ।
त्यस्तै स्थानीय तह र सुरक्षा संयन्त्रले हालै बढ्दै गएको अवैध उत्खनन नियन्त्रण गर्न निगरानी कडा पारिएको जनाएको छ । वातावरणीय क्षति रोकथाम र स्रोतसाधनको संरक्षणका लागि अवैध उत्खननमा संलग्न जो–कोहीमाथि कडा कारबाही जारी रहने चेतावनी समेत दिइएकोछ ।
