
Nsb
Ppu
Csb
Tgp
Rsb
Ssb
Usb
Ksb
Ssb
Bsn
Rks
Ksb
Gsb
Ksb

Ssb
Usb
Tsb
Gsb
Hl1

ptl
Rgu
Nps
दाङ । गुरुकुल एकेडेमी घोराहीको प्रधानाध्यापकमा प्रदीपराज भण्डारी नियुक्त भएका छन् ।
पूर्व प्रधानाध्यापक डा.कृष्णराज डिसिको तीन वर्षे कार्यकाल कार्तिक २८ गते सम्पन्न भएपछि संस्थाले नयाँ नेतृत्वका रुपमा भण्डारीलाई जिम्मेवारी दिएको हो । दिपशिखा बोर्डिङ स्कुलमा प्रधानाध्यापकको जिम्मेवारी वहन गर्दै आएका भण्डारी शैक्षिक योजना,व्यवस्थापन र गुणस्तर सुधारका लागि सक्रिय व्यक्तित्वका रुपमा चिनिन्छन् ।
भण्डारीले २०६५ सालदेखि औपचारिक रुपमा अध्यापन यात्रा सुरु गरेका हुन् । माउन्ट भ्यु स्कुल र बाल विकास विद्यालयदेखि दिपशिखा स्कुलसमेत दर्जनभन्दा बढी प्रतिष्ठित विद्यालयमा अध्यापन गरेको उनले कक्षा शिक्षणदेखि लिएर विद्यालय व्यवस्थापनसम्मको उल्लेखनीय अनुभव बटुलेका छन् । सहायक प्रधानाध्यापक तथा शैक्षिक निर्देशक भएर काम गरिसकेका भण्डारीलाई संस्थाले अब नेतृत्व क्षमता र व्यवस्थापन सुझबुझका आधारमा गुरुकुलको नयाँ अध्याय सुरु गर्ने अपेक्षा राखिएको छ ।
२०४२ साल चैत्र २० गते जन्मिएका भण्डारीले स्कुले शिक्षा माउन्ट भ्यु बोर्डिङबाट हासिल गरेका थिए । शैक्षिक यात्रा अघि बढाउँदै उनले उच्च शिक्षा भारतको बेङ्लोरबाट सम्पन्न गरेका हुन् । शैक्षिक पृष्ठभूमि,अनुभव र व्यावहारिक नेतृत्व क्षमताका कारण गुरुकुल एकेडेमीले भण्डारीबाट संस्थाको शिक्षण गुणस्तर,प्रशासनिक कार्यक्षमता र समग्र शिक्षण वातावरणमा सकारात्मक परिवर्तन हुने विश्वास व्यक्त गरेको छ ।
त्यस्तै नयाँ नियुक्त प्रधानाध्यापक भण्डारीले गुरुकुल एकेडेमीलाई शैक्षिक उत्कृष्टताको नमूना विद्यालयका रुपमा रुपान्तरण गर्न दीर्घकालीन कार्ययोजना अघि सार्ने तयारी गरेको विद्यालय स्रोतले जानकारी दिएको छ । उनले कक्षा १ देखि १० सम्म ‘सीख्दै–सिकाउँदै’ अभ्यासमुखी शिक्षा लागू गर्ने, प्रत्येक कक्षामा प्रोजेक्ट–भित्रीकृत अध्ययनलाई अनिवार्य बनाउने र विद्यार्थीको सिकाइभन्दा व्यवहारिक जीवन सीपमा जोड दिने योजना अघि सारेका छन् ।
त्यसैगरी,शिक्षक क्षमता अभिवृद्धि कार्यक्रमलाई मासिक रुपमा निरन्तरता दिने,अभिभावकसँग नियमित संवाद बढाउने,प्रगतिशील मूल्यांकन प्रणालीलाई सुदृढ बनाउने तथा ग्रामीण र सीमान्तकृत विद्यार्थीलाई लक्षित सहयोग कार्यक्रम सञ्चालन गर्ने योजना पनि उनले प्रस्तुत गरेका छन् ।विद्यालयमा डिजिटल क्लासरुम विस्तार,विज्ञान तथा भाषा प्रयोगशाला सुदृढीकरण र सह–पाठ्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।
