
Gsl
dsbus
Csbus
Amb
Ratbs
Jsbus
Pbu
gms
Ddhbs
Ssbus
Gsbus
Rbs
Bksbus5
Nssbus7

Gst
Rsb
Vor
nsb
Ksm
Sbs
Rgu
Asm
Ssm
Sls
Bbu
Tsm
Rgu
Pvg
Hal
Rgs
Wsp
Ggd
Bbbpu

Syp
Gsb
Rmb
Abd
Mks
bbt
Jmb
Ptm
Jmb
Pls
sab
Bml
Rpp
दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघको दशौं बार्षिक साधारणसभा शनिवार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ओंम प्रकाश बसेलको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन नेपाल उद्योग बाणिजय महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले गरेका हुन् । कार्यक्रमलाई संबोधन गर्दै शर्माले निजी क्षेत्रले राज्यलाई कर तिरेर ठूलो लगानी गरेको तर सरकारका निकायहरुले उद्योगी ब्यवसायीहरुलाई सधै उपेक्षा गर्ने गरेको बताए । सरकार र त्यसका स्थानीय तह सम्मका निकायहरुले निजी क्षेत्रलाई कहिल्यै संबोधन नगर्ने गरेको हुँदा सबै ब्यवसायीहरु एक भएर आफ्नो आवज बुलन्द गर्न आवश्यक रहेको उनले औंल्याए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उज्ज्वल कसजु,दाङ जिल्ला उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ,गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखराज थापा,गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोखे्रल,पूर्व अध्यक्ष रविलाल आचार्य,निवर्तमान अध्यक्ष खिमबहादुर बुढा,नेपाली काङ्ग्रेस गढवाका सभापति किरण पौडेल,एमालेका सहजराम यादव,राप्रपाका तुलाबहादुर सिंह ठकूरी, राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल,नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद अधिकारी,देउखुरी उद्योग बाणिज्य संघका अकबर अली,देउखुरी साहित्य तथा साँस्कृतिक मञ्चका अध्यक्ष निम बहादुर थापा,अवधि साँस्कृतिक विकास परिषद दाङका अध्यक्ष जगतराम यादव,सल्लाहकार रामप्रसाद गैरे,चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी र नागरिक समाज गढवाका संयोजक खगेश्वर शर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष ओंम प्रकाश बसेलले संस्थागत प्रतिवेदन र बार्षिक कार्यक्रम तथा कोषाध्यक्ष दुखहरण यादवले आर्थिक प्रतिवेदन र अनुमानित आय–ब्यय प्रस्तुत गरेका थिए । सो अवसरमा फूलखेतबाट कृषि र पर्यटनलाई प्रवर्धन गर्दै गढवालाई चिनाउन सफल युवा ब्यवसायी टेकेन्द्रराज रावत,लगायत चार जना उत्कृष्ट ब्यवसायीलाई सम्मान गरिएको थियो भने संस्थाका लागि योगदान दिनुहुने जगतराम यादव,हरि पोखे्रल र उत्तम चौधरीलाई सम्मान गरिएको थियो । यसैगरी गढवा गाउँपालिकाको भिटा परियोजनाका चारजना उद्यमीहरुलाई प्रथम गढवा कृषि,पर्यटन,साँस्कृतिक तथा ब्यापार मेलामा पशुप्रदर्शनी गरेवापत पुरस्कार र सम्मानपत्रले सम्मान गरिएको थियो ।
त्यस्तै हालै सम्पन्न देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रको सर्वसम्मत पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । संस्थाका बरिष्ठ उपाध्यक्ष मधा न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको साधारणसभाको सञ्चालन प्रेस सल्लाहकार शिबराज पन्थीले गरेका थिए ।
