Sidha Patra आइतबार, कार्तिक ३०, २०८२

काठमाण्डौँ । नेपाल आयल नियमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर दुई र डिजेल मट्टीतेलमा तीन रुपैयाँका दरले भाउ बढाएको हो । बढेको मूल्य गएराति देखि नै लागू भएको छ ।

त्यस्तै भारतीय आयल निगमबाट पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ४५ पैसा र डिजेलमा छ रुपैयाँ ५३ पैसा बढेको मूल्यसूची आएको निगमले जनाएको छ । तर, उपभोक्ताको हितलाई मध्यनजर गरी पेट्रोलमा दुई र डिजेलमा तीन रुपैयाँ मात्रै वृद्धि गरिएको निगमले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै भाउ बढेसँगै अब पहिलो वर्ग चारआली, विराटनगर,जनकपुर, अमलेखगञ्ज,भलवारी, नेपालगन्ज,धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर एक सय ५८ रुपैयाँ ५० पैसा तथा डिजेलरमट्टीतेल प्रतिलिटर एक सय ४४ रुपैयाँ ५० पैसा,दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर एक सय ६० रुपैयाँ तथा डिजेलरमट्टीतेल प्रतिलिटर एक सय ४६ रुपैयाँ तथा तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर एक सय ६१ रुपैयाँ तथा डिजेलरमट्टीतेल प्रतिलिटर एक सय ४७ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको भाउ यथावत् रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]