आलोक भावुक भुकम्प शनिबार, कार्तिक २९, २०८२

दाङ । गढवा गाउँपालिकाले सञ्चालन गरेको भिटा परियोजनाले शनिबार आज वडा नम्बर ६ हांसीपुरमा दोस्रो पुस्ताका बाख्रा हस्तान्तरण गरेको छ ।

हाँसीपुर उद्यमी महिला समूहको सक्रिय आयोजनामा सम्पन्न कार्यक्रममा महिलाहरुको उद्यमशीलता,पशुपालन क्षमताको विस्तार र आर्थिक सशक्तिकरणलाई केन्द्रमा राखि बाख्राहरु लाभग्राही सदस्यहरुलाई प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरले महिलाहरुको सक्रियता र परियोजनाबाट आएको सकारात्मक परिवर्तनप्रति खुशी व्यक्त गर्दै भिटा परियोजना गाउँमा आर्थिक रुपान्तरणको आधार बन्दै गएको बताए । कार्यक्रममा बोल्दै उनले भने “दोस्रो पुस्ताका बाख्रा फेरि समुदायमै हस्तान्तरण हुनु आफैंमा दिगो विकासको बलियो संकेत हो ।

महिलाहरु यस्तो मेहनतका साथ उद्यमशीलतामा सक्रिय हुँदा गाउँ आफैँ समृद्ध दिशातिर अघि बढ्छ । यसले आत्मनिर्भरता र साझा जिम्मेवारी दुवैलाई मजबुत बनाउँछ ।” त्यसैगरी भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले परियोजनाले समुदायलाई उद्यमशीलताको बाटोमा अघि बढाएको उल्लेख गर्दै बाख्रा हस्तान्तरण केवल वितरण मात्र नभई जिम्मेवारी र आर्थिक व्यवस्थापन सिकाउने प्रक्रिया भएको बताए ।

त्यस्तै उनका अनुसार “भिटा परियोजनाको मूल लक्ष्य समुदायलाई स्वरोजगार र आत्मनिर्भर बनाउनु हो । दोस्रो पुस्ता हस्तान्तरणले उद्यम चक्रलाई बलियो बनाएको छ, र आगामी दिनमा समूहहरुलाई अझ प्रभावकारी तालिम तथा प्राविधिक समर्थनमार्फत थप सशक्त बनाइनेछ ।”

कार्यक्रममा ६ नम्बर वडा सदस्यहरु दिनामणी आचार्य,गोबिन्द रोका मगर,सामुदायिक सहजकर्ता तथा उद्यमी महिला समूहका सदस्यहरुको उल्लेखनीय उपस्थिति थियो । सहभागीहरुले दोस्रो पुस्ता बाख्रा हस्तान्तरणले महिलाहरुको आत्मविश्वास बढाएको, पशुपालन व्यवसायमा सहकार्यको वातावरण निर्माण गरेको र परिवारको आर्थिक सुधारमा प्रत्यक्ष योगदान पुगेको अनुभव व्यक्त गरेका थिए । समूहको निरन्तर मेहनत,भिटा परियोजनाको सहकार्य र स्थानीय तहको साथले मानपुर क्षेत्रमा उद्यमशीलताको नयाँ ऊर्जा थपिएको अनुभूति आजको कार्यक्रमले दिलाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]