
Ggp
Lnp
Rgp
Usb
lnp
Rgp
Rgp
Ggp
ksb
Dus
Jns
Rgp
Pbu
Sgp
Lks
Asb
Dbs


काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरी ८० हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरु गरेपछि नयाँ मतदाताको संख्या उत्साहजनक रुपमा वृद्धि हुन थालेको हो ।
त्यस्तै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र प्रयोग गरेर शुक्रबार राति ९ः०० बजेसम्म ५० हजार २१७ पुरुष, ३० हजार २३५ महिला र चार अन्य गरी ८० हजार ४५६ नयाँ मतदाता थपिएका छन् । योसँगै निर्वाचन घोषणा भएपछि दर्ता भएका मतदाताको संख्या दुई लाख ८१ हजार १२९ पुगेको छ। आयोगले आज पनि नामावली दर्ता जारी राखेको छ ।
यस्तै सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यहीँ कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि जैविक विवरण (फोटो तथा औंठाछाप) दिन सकिने व्यवस्था गरेपछि परिचयपत्र बनाउनेको संख्या बढेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर आयोगले मतदाता नामावली र अद्यावधिक कार्य सञ्चालन गरेको हो ।
