टेकबहादुर पुन शनिबार, कार्तिक २९, २०८२

दाङ । देउखुरीको लमहीमा रहेकोे लमही सांस्कृतिक भैलो समूहले यस वर्षको भैलो कार्यक्रमबाट संकलित रकम जोगाएर अति बिपन्न,जेष्ठ नागरिक तथा दैनिक बटुवालाई खाद्यान्न सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व र परम्परागत भैलो संस्कृतिलाई जीवित राख्दै मानवता र सहयोगको सन्देश प्रवाह गर्ने उद्देश्यले समूहले तिहारका अवसरमा संकलित रकमलाई समाजका आवश्यकता भएकालाई वितरण गरेको हो ।

त्यस्तै भैलोबाट संकलित रकम स्थानीय स्तरमै उपयोग गर्ने उद्देश्यअन्तर्गत यसपटक तीन घरपरिवारलाई प्रत्यक्ष रुपमा खाद्यान्न सहयोग प्रदान गरिएको समूहले जनाएको छ । सहयोग प्राप्त गर्नेमा शुसिला शर्मा (लमही मिलनटोल),भगवती शर्मा (लमही कोलही) र रामफिया धवन (लमही गोरक्षटोल) रहेका छन् । उनीहरु सबै आर्थिक दृष्टिले कठिन परिस्थितिमा रहेका तथा सहयोग आवश्यक परेको परिवार भएको समूहका अध्यक्ष कुमार घिमिरेले बताए ।

त्यसैगरी,समाजमा सक्रिय रहेको महाकाल समूहलाई समेत खाद्यान्न सहयोग हस्तान्तरण गरिएको छ । समूहले सामाजिक,सांस्कृतिक तथा धार्मिक गतिविधिमा गरेको निरन्तर योगदानको कदर गर्दै भैलो समूहले सहयोग उपलब्ध गराएको हो । समूहले दैनिक बटुवाका लागि छुट्टै खाद्यान्न व्यवस्था पनि गरेको छ । जसले लमही क्षेत्रमा दैनिक यातायात गर्ने,घरबाट टाढा बस्ने वा आकस्मिक परिस्थितिमा परेका व्यक्तिहरुलाई तत्काल राहत दिने उद्देश्य रहेको छ । “भैलो केवल गीत-संगीत र रमाइलो मात्र होइन, समाजका कमजोर र वंचित वर्गलाई साथ दिने संस्कृतिको भाग पनि हो,” भैलो समूहका अध्यक्ष घिमिरेले बताए । उनले यस्ता सामाजिक तथा सहयोग कार्यक्रमलाई निरन्तरता दिने समेत प्रतिबद्धता ब्यक्त गरे ।

त्यस्तै कार्यक्रमको सहजीकरण वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी (सागर) ले गरेका थिए । उनले भैलो संस्कृतिलाई सदुपयोग गर्दै समुदायमै रहन-सहन,सहयोग र एकता बढाउने काम भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तो सकारात्मक गतिविधि निरन्तर गर्नुपर्नेमा जोड दिए ।

लमही सांस्कृतिक भैलो समूहले हरेक वर्ष सामाजिक सेवामा जोड दिँदै आएको छ । परम्परा,संस्कार र मानवीय मूल्यलाई जोडेर समाजमा सकारात्मक ऊर्जा फैलाउने उद्देश्यले गरिएको यसपटकको पहलले स्थानीय समुदायमा प्रशंसा पाएको छ । समुहले शनिवार बनभोज कार्यक्रमको अबसर पारी सहयोग गर्नुका साथै भैलोका क्रममा उत्कृष्ट, लगनशिल युवायुवतीलाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]