
Amb
Ddhbs
Rbs
Bksbus5
Ssbus
dsbus
Csbus
Pbu
Jsbus
Syees
Nssbus7
gms
Gsbus
syysr
Ratbs
Gsl

Asm
Bbbpu
Sls
Ggd
Vor
Sbs
Wsp
Ksm
Pvg
nsb
Rgs
Rsb
Rgu
Ssm
Hal
Tsm
Bbu
Rgu
Gst

Ptm
Syp
Jmb
Rmb
Bml
Pls
Gsb
Mks
Rpp
bbt
Jmb
Abd
sab
एजेन्सी । भारतको जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा शुक्रबार राति ठूलो विस्फोट भएको छ । उक्त विस्फोटमा नौ जनाको मृत्यु भएको बताइएको छ । घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांश प्रहरी अधिकारीहरु रहेको बताइएको छ ।
त्यस्तै अधिकारीहरुका अनुसार जफत गरिएका विस्फोटक पदार्थहरुको नमुना लिने क्रममा विस्फोट भएको थियो । कति मात्रामा विस्फोटक पदार्थ विस्फोट भएको हो भन्ने प्रस्ट भइसकेको छैन।
यस्तै हरियाणाको फरीदाबादमा पक्राउ परेका र दिल्ली विस्फोटको मुद्दामा पहिले नै पक्राउ परिसकेका डा मुजम्मिल गनाईको भाडाको घरबाट बरामद गरिएको विस्फोटक पदार्थ उक्त चौकीमा राखिएको थियो ।
त्यस्तै प्रहरीले यस घटनालाई आतंकवादी हमलाको कोणबाट पनि अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार,कुनै डेटोनेटर वा फ्यूज प्रयोग नगरी विष्फोटक आफैँ नपड्किने भएकाले यो आतंकवादी हमला हुन सक्ने आशंका बलियो बनेको हो।
जैश-ए-मोहम्मदसँग सम्बन्धित एक आतंकवादी समूह पीएएफएफले आक्रमणको जिम्मेवारी लिएको दाबी गरे पनि त्यसको स्वतन्त्र पुष्टि भइसकेको छैन।
यो विष्फोट त्यही विस्फोटक पदार्थमा भएको हो, जुन दिल्ली विष्फोटको घटनामा संलग्न भएको आरोपमा हरियाणाको फरिदाबादबाट पक्राउ परेका डा. मुजम्मिल गनईको कोठाबाट बरामद गरिएको थियो।
त्यस्तै नोभेम्बर १० मा दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिकै भएको कार बम विष्फोटमा पनि यही समूहको संलग्नता रहेको आशंका गरिएको थियो। उक्त घटनामा १३ जनाको मृत्यु भएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ।
