टेकबहादुर पुन शनिबार, कार्तिक २९, २०८२

दाङ । नेपाली काँग्रेस युवा समर्थकहरुले ‘वृहत रक्तदान–जीवनदान कार्यक्रम’शुक्रबार लमहीमा सफलतापूर्वक सम्पन्न गरेका छन् ।

नेपाली काँग्रेस पार्टी कार्यालय लमहीमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस लमही नगर समितिका सभापति सन्तोष बुढाथोकीको नेतृत्वमा ३० जना भन्दा बढी युवाहरुले स्वेच्छाले रक्तदान गरी समाजसेवामा महत्वपूर्ण योगदान पुर्‍याएका हुन् ।

कार्यक्रममा सहभागीहरुले लमही काँग्रेसी मनका प्रतिनिधिहरुले रक्तदानलाई मानव जीवन रक्षासँग प्रत्यक्ष सम्बन्धित महान् कार्य रहेको भन्दै जनसहभागिताको प्रशंसा गरे । यस्तै,रक्तदान स्थलमा नेपाल रेडक्रस सोसाइटी दाङको प्राविधिक सहयोगमा भएको कार्यक्रममा दाताहरुको स्वास्थ्य परीक्षण,रगत सङ्कलन तथा व्यवस्थापन सबै प्रक्रिया स्वास्थ्य मापदण्ड अनुसार गरिएको आयोजकहरुले जनाए । ‘युवाहरुको सक्रिय सहभागिताले मानवसेवाप्रतिको जागरण झनै बलियो भएको छ,’ नेपाली काँग्रेस लमही नगर सचिब प्रेम कालाथोकीले बताए ।

त्यस्तै रक्तदान कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश फैलाएको छ । आयोजकका अनुसार यस किसिमका सामाजिक सेवामूलक गतिविधिहरुले समाजमा सहयोगको संस्कृति विस्तार गर्न सहयोग पुर्‍याउँछन् । कार्यक्रमका सहभागी युवाहरुले ‘रक्तदान मात्र होइन,जीवनदान हो’ भन्ने भावनासहित अभियानलाई निरन्तरता दिने युवा माधब खनालले बताए ।

लमही काङ्ग्रेसी मनका तर्फबाट अन्य सदस्यहरुले धन्यबाद ज्ञापन गर्दै भविष्यमा पनि नियमित रुपमा यस्ता सामाजिक उत्तरदायित्वयुक्त कार्यक्रम सञ्चालन गरिने बताएका थिए । यस रक्तदान कार्यक्रममार्फत सङ्कलित रगतले दाङ तथा आसपासका क्षेत्रका अस्पतालहरुमा उपचाररत बिरामीहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसरी रक्तदान–जीवनदान कार्यक्रम सफलतापूर्वक सम्पन्न हुँदै ३० भन्दा बढी युवाले मानव जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]