
gms
syysr
Amb
Pbu
Rbs
Syees
Ratbs
Bksbus5
Csbus
dsbus
Ssbus
Gsbus
Nssbus7
Jsbus
Ddhbs
Gsl

Vor
Bbbpu
Ssm
Hal
Ggd
Bbu
Wsp
Rsb
Asm
Rgu
Tsm
Ksm
Rgu
Gst
Sls
Rgs
Pvg
nsb
Sbs

Ptm
Syp
Jmb
Abd
Bml
Jmb
Mks
Rmb
bbt
Rpp
Pls
Gsb
sab
दाङ । नेपाली काँग्रेस युवा समर्थकहरुले ‘वृहत रक्तदान–जीवनदान कार्यक्रम’शुक्रबार लमहीमा सफलतापूर्वक सम्पन्न गरेका छन् ।
नेपाली काँग्रेस पार्टी कार्यालय लमहीमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस लमही नगर समितिका सभापति सन्तोष बुढाथोकीको नेतृत्वमा ३० जना भन्दा बढी युवाहरुले स्वेच्छाले रक्तदान गरी समाजसेवामा महत्वपूर्ण योगदान पुर्याएका हुन् ।
कार्यक्रममा सहभागीहरुले लमही काँग्रेसी मनका प्रतिनिधिहरुले रक्तदानलाई मानव जीवन रक्षासँग प्रत्यक्ष सम्बन्धित महान् कार्य रहेको भन्दै जनसहभागिताको प्रशंसा गरे । यस्तै,रक्तदान स्थलमा नेपाल रेडक्रस सोसाइटी दाङको प्राविधिक सहयोगमा भएको कार्यक्रममा दाताहरुको स्वास्थ्य परीक्षण,रगत सङ्कलन तथा व्यवस्थापन सबै प्रक्रिया स्वास्थ्य मापदण्ड अनुसार गरिएको आयोजकहरुले जनाए । ‘युवाहरुको सक्रिय सहभागिताले मानवसेवाप्रतिको जागरण झनै बलियो भएको छ,’ नेपाली काँग्रेस लमही नगर सचिब प्रेम कालाथोकीले बताए ।
त्यस्तै रक्तदान कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश फैलाएको छ । आयोजकका अनुसार यस किसिमका सामाजिक सेवामूलक गतिविधिहरुले समाजमा सहयोगको संस्कृति विस्तार गर्न सहयोग पुर्याउँछन् । कार्यक्रमका सहभागी युवाहरुले ‘रक्तदान मात्र होइन,जीवनदान हो’ भन्ने भावनासहित अभियानलाई निरन्तरता दिने युवा माधब खनालले बताए ।
लमही काङ्ग्रेसी मनका तर्फबाट अन्य सदस्यहरुले धन्यबाद ज्ञापन गर्दै भविष्यमा पनि नियमित रुपमा यस्ता सामाजिक उत्तरदायित्वयुक्त कार्यक्रम सञ्चालन गरिने बताएका थिए । यस रक्तदान कार्यक्रममार्फत सङ्कलित रगतले दाङ तथा आसपासका क्षेत्रका अस्पतालहरुमा उपचाररत बिरामीहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसरी रक्तदान–जीवनदान कार्यक्रम सफलतापूर्वक सम्पन्न हुँदै ३० भन्दा बढी युवाले मानव जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।

