
Ksb
Ksb
Tgp
Ksb
Rks
Csb
Ssb
Usb
Ssb
Ppu
Gsb
Nsb
Bsn
Rsb

Hl1
Usb
Gsb
Ssb
Tsb

Rgu
Nps
ptl
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –१८,स्थित बिजौरी बजारमा शुक्रबार जेब्राक्रसिङ निर्माण गरिएको छ ।
मिलिजुली सरसफाई समितिका उपाध्यक्षसमेत रहेको तुलसीपुर–१८ निवासी रामबहादुर डाँगीको आयोजना तथा ट्राफिक प्रहरी चौकी बिजौरीको समन्वयमा शुक्रबार बिजौरी बजारका विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको बिजोरीका ट्राफिक प्रहरी सहायक हवल्दार दिनेश केसीले जानकारी दिए ।
त्यस्तै उनका अनुसार जेब्रा क्रसिङ निर्माणसँगै अब बजार क्षेत्रमा आवतजावत गर्न पैदलयात्रीलाई सहज हुनुका साथै दुर्घटना न्युनिकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । डाँगीले आफ्नो जन्मदिनको अवसर पारी जेब्राक्रसिङ निर्माणमा सहयोग गरेका हुन् ।
