
Rgp
Lks
Usb
ksb
Sgp
Lnp
lnp
Jns
Ggp
Asb
Ggp
Rgp
Pbu
Rgp
Rgp
Dbs
Dus


दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –१८,स्थित बिजौरी बजारमा शुक्रबार जेब्राक्रसिङ निर्माण गरिएको छ ।
मिलिजुली सरसफाई समितिका उपाध्यक्षसमेत रहेको तुलसीपुर–१८ निवासी रामबहादुर डाँगीको आयोजना तथा ट्राफिक प्रहरी चौकी बिजौरीको समन्वयमा शुक्रबार बिजौरी बजारका विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको बिजोरीका ट्राफिक प्रहरी सहायक हवल्दार दिनेश केसीले जानकारी दिए ।
त्यस्तै उनका अनुसार जेब्रा क्रसिङ निर्माणसँगै अब बजार क्षेत्रमा आवतजावत गर्न पैदलयात्रीलाई सहज हुनुका साथै दुर्घटना न्युनिकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । डाँगीले आफ्नो जन्मदिनको अवसर पारी जेब्राक्रसिङ निर्माणमा सहयोग गरेका हुन् ।
