
Ssb
Tgp
Csb
Ksb
Ppu
Ssb
Gsb
Rks
Nsb
Usb
Rsb
Ksb
Ksb
Bsn

Tsb
Gsb
Usb
Ssb
Hl1

ptl
Nps
Rgu
दाङ । राष्ट्रिय जनमोर्चा पार्टी निकट अखिल नेपाल जनजाति सम्मेलन जिल्ला दाङले पाँचौँ राष्ट्रिय महाधिवेशनको सन्देशसभा कार्यक्रम शुक्रबार देउखुरीको लमहीमा सम्पन्न गरेको छ ।
सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङको प्रमुख उपस्थितिमा भएको सन्देश सभा कार्यक्रममा गत असोज २६ र २७ गते चितवनमा सम्पन्न भएको महाधिवेशन कार्यक्रमबाट गरिएका निर्णय र कार्यक्रमको बारेमा अज विशेष जानकारी गराइएको हो ।
सो अवसरमा आफ्नो मन्तव्य राख्दै सम्मेलनका उपाध्यक्ष गुरुङले पाँचौँ राष्ट्रिय महाधिवेशनबाट जनजाति सम्मेलन नयाँ जोसका साथ अगाडि बढ्ने दाबी गरे । मङ्सिर २१ देखि पुस २१ गतेसम्म जनजाति सम्मेलनले प्युठानका स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकामा क्रमश २० र १० दिने प्रशिक्षण कार्यक्रम राखेको उनले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अहिलेको सरकारले जेनजीको प्रमुख मुद्दा र भावनालाई सम्बोधन गर्न नसकेको बताएका छन् । यस्तै उनले देश बाह्य शक्तिहरुले हाइज्याक गरेर चलाइरहेको समेत बताए ।
त्यस्तै उक्त कार्यक्रममा जनजाति सम्मेलनका केन्द्रीय सचिव रामबहादुर जिएम लगायतले आफ्नो भनाइ राखेका थिए भने कार्यक्रमको सञ्चालन जनजाति सम्मेलन दाङका सचिव मंगल घर्ती मगरले गरेका थिए ।

