
Ratbs
Gsl
Rbs
Gsbus
Nssbus7
Ddhbs
gms
Ssbus
Pbu
Bksbus5
Syees
syysr
Csbus
dsbus
Jsbus
Amb

Rsb
Wsp
Hal
Sbs
nsb
Rgu
Vor
Asm
Rgs
Bbu
Ksm
Pvg
Sls
Rgu
Tsm
Ggd
Gst
Ssm
Bbbpu

Abd
Pls
Jmb
Bml
bbt
Rmb
sab
Syp
Mks
Rpp
Jmb
Ptm
Gsb
दाङ । राष्ट्रिय जनमोर्चा पार्टी निकट अखिल नेपाल जनजाति सम्मेलन जिल्ला दाङले पाँचौँ राष्ट्रिय महाधिवेशनको सन्देशसभा कार्यक्रम शुक्रबार देउखुरीको लमहीमा सम्पन्न गरेको छ ।
सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङको प्रमुख उपस्थितिमा भएको सन्देश सभा कार्यक्रममा गत असोज २६ र २७ गते चितवनमा सम्पन्न भएको महाधिवेशन कार्यक्रमबाट गरिएका निर्णय र कार्यक्रमको बारेमा अज विशेष जानकारी गराइएको हो ।
सो अवसरमा आफ्नो मन्तव्य राख्दै सम्मेलनका उपाध्यक्ष गुरुङले पाँचौँ राष्ट्रिय महाधिवेशनबाट जनजाति सम्मेलन नयाँ जोसका साथ अगाडि बढ्ने दाबी गरे । मङ्सिर २१ देखि पुस २१ गतेसम्म जनजाति सम्मेलनले प्युठानका स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकामा क्रमश २० र १० दिने प्रशिक्षण कार्यक्रम राखेको उनले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अहिलेको सरकारले जेनजीको प्रमुख मुद्दा र भावनालाई सम्बोधन गर्न नसकेको बताएका छन् । यस्तै उनले देश बाह्य शक्तिहरुले हाइज्याक गरेर चलाइरहेको समेत बताए ।
त्यस्तै उक्त कार्यक्रममा जनजाति सम्मेलनका केन्द्रीय सचिव रामबहादुर जिएम लगायतले आफ्नो भनाइ राखेका थिए भने कार्यक्रमको सञ्चालन जनजाति सम्मेलन दाङका सचिव मंगल घर्ती मगरले गरेका थिए ।

