प्रिया स्मृती गजमेर/लमही बुधबार, कार्तिक २६, २०८२

दाङ । किसानबाट खरिद गरिएको धानलाई भण्डारण गर्न सम्भावित भवनहरुको खोजि गरिएको छ ।

लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगी,खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय तुलसीपुरका गुणस्तर अधिकृत रोशन श्रेष्ठ,सूचना अधिकृत शक्तिराम डाँगी, लमही नगरपालिका कृषि शाखाका गंगा चौधरी लगायतको टोलीले भण्डारणका लागि उपयुक्त स्थानको अध्ययन गरेको हो । टोलिले लमही नगरपालिका–३ मजगाउँमा रहेको प्रगन्ना सिंचाईको भवन र वडा नम्बर ७ वनघुस्रीस्थित वडा कार्यालयको सभा हलको अवलोकन गरेको जनाएको छ ।

त्यस्तै कार्यबाहक प्रमुख योगीका अनुसार पालिकाभित्र दुई स्थानमा धान भण्डारणका लागि भवन तोक्न सके किसानलाई सहज हुने अपेक्षा गरिएको छ । उनले भन्नुभयो, “यहि विषयमा सबै वडा अध्यक्षहरुलाई छलफलका लागि खबर गरिएको छ । कहाँ कहाँ राख्दा उपयुक्त हुन्छ भन्नेबारे सबैको सहमतिमा स्थान तोकेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय तुलसीपुरलाई जानकारी गराइनेछ ।”

यस्तै धान भण्डारणको उचित व्यवस्था भएपछि किसानले उत्पादन बिक्री गर्न सहज हुने र बिचौलियाको नियन्त्रणमा पर्ने समस्या घट्ने नगरपालिकाको विश्वास छ । यसैबीच,लमही नगरपालिकाबाट यो आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय तुलसीपुरले १ हजार ५ सय क्विन्टल धान खरिद गर्ने तयारी गरेको छ । कम्पनीले मोटा धान प्रति क्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसामा खरिद गर्ने जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]