
ksb
Dbs
lnp
Pbu
Ggp
Usb
Rgp
Lnp
Rgp
Lks
Rgp
Asb
Dus
Ggp
Jns
Rgp
Sgp


दाङ । किसानबाट खरिद गरिएको धानलाई भण्डारण गर्न सम्भावित भवनहरुको खोजि गरिएको छ ।
लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगी,खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय तुलसीपुरका गुणस्तर अधिकृत रोशन श्रेष्ठ,सूचना अधिकृत शक्तिराम डाँगी, लमही नगरपालिका कृषि शाखाका गंगा चौधरी लगायतको टोलीले भण्डारणका लागि उपयुक्त स्थानको अध्ययन गरेको हो । टोलिले लमही नगरपालिका–३ मजगाउँमा रहेको प्रगन्ना सिंचाईको भवन र वडा नम्बर ७ वनघुस्रीस्थित वडा कार्यालयको सभा हलको अवलोकन गरेको जनाएको छ ।
त्यस्तै कार्यबाहक प्रमुख योगीका अनुसार पालिकाभित्र दुई स्थानमा धान भण्डारणका लागि भवन तोक्न सके किसानलाई सहज हुने अपेक्षा गरिएको छ । उनले भन्नुभयो, “यहि विषयमा सबै वडा अध्यक्षहरुलाई छलफलका लागि खबर गरिएको छ । कहाँ कहाँ राख्दा उपयुक्त हुन्छ भन्नेबारे सबैको सहमतिमा स्थान तोकेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय तुलसीपुरलाई जानकारी गराइनेछ ।”
यस्तै धान भण्डारणको उचित व्यवस्था भएपछि किसानले उत्पादन बिक्री गर्न सहज हुने र बिचौलियाको नियन्त्रणमा पर्ने समस्या घट्ने नगरपालिकाको विश्वास छ । यसैबीच,लमही नगरपालिकाबाट यो आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय तुलसीपुरले १ हजार ५ सय क्विन्टल धान खरिद गर्ने तयारी गरेको छ । कम्पनीले मोटा धान प्रति क्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसामा खरिद गर्ने जनाएको छ ।
