Sidha Patra बुधबार, कार्तिक २६, २०८२

झापा । प्रहरीले जेनजी आन्दोलनका क्रममा झापाको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा कार्यालय तथा सवारी साधनमा ढुङ्गामुढा, तोडफोड र आगजनी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

त्यस्तै प्रहरी कर्मचारीमाथि ज्यान मार्ने उद्देश्यले अमानवीय व्यवहार गरेको आरोपमा थप एक जना पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको हो । कार्यालय र सवारी साधनमा ढुङ्गामुढा,तोडफोड र आगजनी गरेको आरोपमा ६ जनालाई आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ ।

यस्तै पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका वडा नम्बर–५,का २२ वर्षीय राजन चौधरी,बिर्तामोड नगरपालिका–५ का २० वर्षीय आयुस धिमाल, कन्काई नगरपालिका–१ का ४२ वर्षीय गोपाल सङ्ग्रौला, अर्जुनधारा–७ की २४ वर्षीया पूजा मगर, अर्जुनधारा–७ का २८ वर्षीय सुरज मगर र सुनसरी हरिनगर–१ का २२ वर्षीय साहिल अन्सारी रहेका छन् ।

त्यस्तै प्रहरी कर्मचारीलाई ज्यान मार्ने उद्देश्यले बाँसमा डोरीले बाँधेर अमानवीय व्यवहार गरेको आरोपमा बिर्तामोड नगरपालिका५ का २६ वर्षीय नवराज राई लाई ज्यान मार्ने उद्योगमा कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]