
Ppu
Bsn
Csb
Tgp
Usb
Ksb
Gsb
Rsb
Ssb
Rks
Ksb
Ksb
Nsb
Ssb

Usb
Gsb
Hl1
Tsb
Ssb

ptl
Nps
Rgu
दाङ । लमही अस्पतालका अध्यक्ष जोगराज चौधरीले बिरामीप्रति मुस्कान सहितको व्यवहार गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न अस्पतालका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
आज लमही अस्पतालमा बसेको समिक्षा तथा छलफल बैठकमा अध्यक्ष चौधरीले अस्पतालमा उपचारका लागि आउने हरेक बिरामीलाई समान व्यवहार गर्नुपर्ने बताए । उनले पावर वा पहुँचका आधारमा नभई हरेक बिरामीलाई समान अधिकारका साथ सेवा दिन अस्पतालका कर्मचारीहरुलाई आग्रह गरे । “अस्पतालमा आउने बिरामीलाई मुस्कान सहित सेवा दिनुहोस्,यहाँ कोही पनि पावरमा होइन,आफ्नै अधिकारका आधारमा उपचारका लागि आउँछन्,” अध्यक्ष चौधरीले भने ।
बैठकमा अस्पतालमा जनशक्तिको अभाव,औषधि आपूर्तिमा देखिएका समस्या,अस्पताल सुरक्षा र बिरामीलाई छिटोछरितो सेवा उपलब्ध गराउने विषयमा गहन छलफल भएको थियो ।
अस्पतालका उपाध्यक्ष लक्ष्मी योगीले सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन सबै स्वास्थ्यकर्मी जिम्मेवार र संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिइन् । उनले बिरामीले अस्पतालमा प्रवेश गर्ने बित्तिकै सहज र सहयोगी वातावरण अनुभव गर्नुपर्ने बताइन् ।
बैठकमा अस्पताल संचालक समितिका सदस्य अजय न्यौपाने,चिकित्सक,स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । सहभागीहरुले जनशक्ति अभाव र औषधि कमीका कारण सेवा प्रवाहमा चुनौती रहेको बताएका थिए ।
अस्पताल प्रशासन प्रमुख हरि खनालले बैठकको सहजीकरण गर्दै आवश्यक जनशक्ति र औषधि आपूर्तिका लागि सम्बन्धित निकायसँग चाँडै पहल गरिने जानकारी दिए । बैठकको अध्यक्षता अस्पताल संचालक समितिका अध्यक्ष जोगराज चौधरीले गरेका थिए ।
