
Rgp
Rgp
Lks
Rgp
Dus
Usb
Ggp
Lnp
Sgp
Jns
Rgp
Asb
ksb
Ggp
lnp

lms

दाङ । गढवा गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुर दाङसंग सहकार्य गरि सरकारी दररेटमा गढवाका किसानको धान खरिद कार्य सोमबारदेखि सुरु गरेको छ।
२ हजार कोटा मात्र खरिद हुने खबरले किसान चिन्तीत भएका छन् । बजारमा लोकल ब्यापारीले २ हजार ४ सय आसपसमा धान गरिरहेको समयमा पालिकाको सहकार्यमा ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसामा किसानको धान खरिद गर्दा किसान खुसी भएका छन् ।
त्यस्तै गढवा गाउँपालिकाले नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङसंग सम्झौता गरेर गढवाका कृषकहरुले उत्पादन गरेका धान सरकारी दररेटमा किनिदिने बारे सम्झौता गरेपछी गढवाका किसानहरुले उचित मुल्य पाएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए । साथै थप कोटाको लागि आफु प्रयासरत रहेको समेत जानकारी दिए ।
खरिद बिक्री कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले गढवा गाउँपालिका किसानको उत्पादन र बजारीकरणमा निरन्तर लागेको बताइन् । गढवा गाउँपालिकामा उत्पादन हुने कृषि तथा पशु जन्य उत्पादनको सहज बजारीकरणको लागि आफुहरु हरपल लागिपरेको बताउदै धान बिक्री केन्द्रमा सही र सरल तरिकाले सबैले सहयोग गर्न समेत अनुरोध गरिन ।
कृषकहरुले पसिना बगाएर उत्पादन गरेको धानबाली लोकल ब्यापारी हरुले घरघरमा पुगेर सस्तोदरमा किन्ने र कृषकहरुले लागत समेत उठ्ने गरेको जनगुनासो आएपछी कृषि पेसामा लागेका कृषकहरुले कृषि उपजको बजारीकरण गर्न आफु चासो दिएको र त्यहीँ अनुसार नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङसंग सम्झौता गरेर दोस्रो पटक गढवा गाउँपालिकाबाट धानको खरिद बिक्रि सुरु गरेको अध्यक्ष पोख्रेलले बताए ।
नेपाल सरकारले तोकेको समर्थन मुल्यमा आफुले उत्पादन गरेको धान बिक्री गर्न पाउँदा खुसीको सिमा नै नरहेको कृषक शोभाराम यादवले बताए । किसानले उत्पादन गरेको कृषि उपज बजारीकरण भए किसानले थप जोस जाँगरका साथ उत्पादनमा लाग्ने बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एकजना किसानबाट अधिकतम ४० क्विन्टल सम्मको धान खरिद गर्ने जानकारी दिएको छ। खरिदकार्य बिहान १० बजे ४ बजेसम्म सञ्चालन हुने समेत जानकारी दिएको छ । कार्यक्रममा बोल्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुर दाङका प्रमुख तुलमाया लोवाले जानकारी दिए ।
त्यस्तै गत वर्ष कोटा भन्दा थोरै धान खरिद भएकाले यसपालि कोटा घटेर आएकाले किसानलाई समस्या परेको छ । अघिल्लो वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले ५५ लाख बढी मूल्यको धान खरिद गरेको थियो । कातिक २१ देखि पुस मसान्तसम्म ५५ लाख ६६ हजार चार सय ६४ रुपैयाँ मूल्य बराबरको एक हजार छ सय ३२ क्वीन्टल १५ केजी धान खरिद गरेको प्रमुख लोवाले जानकारी दिए ।
बजारीकरणको समस्याले अस्ताउदै आएको तर यस बर्ष गढवा गाउँपालिकाले समन्वय गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लाई पालिकामै बोलाएर धान खरिद बिक्रीको बाताबरण बनाउदा आफुहरु खुसी भएको बताए । साना व्यवसायीहरु घरघरमा जाने र २२ सय देखी २५ सय सम्म धान उठाउने गरेको अवस्थामा पालिकाको सहकार्यमा किसानले उचित मुल्य पाएको बताए । तर आवश्यक्ता भन्दा कम कोटाले किसानको भावना माथी खेलवाड भएको समेत बताए । गढवामा मात्र करिब २० हजार क्विन्टलको कोटा हुनु पर्ने तर २ हजारको कोटाले अधिकांश किसानको धान बिक्री हुन नपाएको जानकारी दिए ।
स्थानीय व्यापारीलाई सस्तो दररेटमा धान बेचेर महिनौ दिनसम्म भुक्तानी नहुने समस्या थियो तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लाई बेच्दा भुक्तानीको कुनै समस्या नहुनाले आफुहरु खुसी भएको किसान राम शरण यादव बताए । कृषि उपज खरिद कार्य निरन्तरता दिन गढवा गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लाई अनुरोध समेत गरे । तर आवश्यक्ता भन्दा कम कोटा हुदा किसान लाई बिक्री गर्ने चिन्त भएको बताए ।
त्यस्तै नेपाल सरकार मन्त्रिपरिषदको गत साउन २६ गतेको बैठकले प्रतिक्वीन्टल मोटा धान तीन हजार चार सय ६३ रुपैयाँ र मध्यम धानको तीन हजार छ सय २८ रुपैयाँ न्यूनतम् समर्थन मूल्य तोकेको थियो । तर अहिले खाद्य व्यापार कम्पनीले कम कोटामा धान खरिद गर्दा बाहिर व्यापारीलाई बेच्नुको बिकल्प नरहेको किसानहरु बताउँछन् । बाहिर मोटा धान प्रतिक्वीन्टल २ हजार ४ सय र मध्यम धान प्रतिक्वीन्टल तिन हजार १ सय रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता आईपरेको छ ।
