
Ksb
Ssb
Rsb
Tgp
Ppu
Gsb
Nsb
Ksb
Ssb
Usb
Rks
Bsn
Csb
Ksb

Tsb
Ssb
Usb
Hl1
Gsb

Nps
Rgu
ptl
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर –४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ ।
गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए ।
राष्ट्रव्यापी रुपमा सञ्चालन भइरहेको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम अन्तर्गत खुवाइएको औषधि खाँदै गर्दा घाँटीमा अड्किएको र सोही कारण दुई मिनेटमै बालिकाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घटना गढवा गाउँपालिका–४ रामनगरमा भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किएपछि सास रोकिन गई मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीका अनुसार शवको पोष्टमार्टम राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा गरी शव परिवारलाई बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बमले जानकारी दिए ।
