दाङ । लमही नगर पालिका कार्य क्षेत्र बनाएकाे देउखुरी कै पुरानाे संस्था देउखुरी उद्योग बाणिज्य संघकाे १७ औं बार्षिक साधारणसभा तथा अधिबेशन यही फागुकाे १५ गते लमहीमा हुने भएको छ ।
यस वर्ष निर्बाचन मार्फत नयाँ नेतृत्व आउने भए पछि सबैकाे ध्यान अहिले त्यस तर्फ माेडिएकाे छ ।यहाँका राजनीतिक दलहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हाेटेल,बस्ती,गाउँ,टाेलमा कुराकानी भइरहेकाे देख्न पाइन्छ । सबै दलहरुले आफ्नो तवरले एक आपसमा कुराकानी गरिरहेका छन् । सधै जसाे हुने निर्वाचनमा अहिले सम्म सर्बसहमत रुपमा नयाँ नेतृत्व आएकाे भने उदाहरण नै छैन ।
त्यस्तै सधै तामझामका साथ सांसदकाे निर्बाचनकाे झल्काे दिने गरि निर्वाचन हुँदै आइरहेकाे उदाहरण संघमा छ । त्यस्तै पटक पनि सर्बसहमतमा नयाँ नेतृत्व आउने संभावना कम छ । २०५६ सालमा स्थापना भएको संघमा ०५७ सालमा जम्मा १७४७ सदस्य रहेका थिए । असाेज महिना सम्म २५६ जनाले सदस्यता नबिरण गरेकाे संघकाे निर्बाचन यस बर्ष हुने भए पछि उक्त सदस्यता संख्या बढेर झन्डै ११ सय पुगेकाे कार्यालय सहयाेगि खुम बहादुर रावतले बताउनु भएको छ ।
यसैगरी उक्त दिन ठिक ११ बजे बिहान हुने दुबै कार्यक्रम उद्योग बाणिज्य संघकाे आफ्नाे हलमा सुरु हुने छ । उता सदस्यहरुले आफ्नाे मान्छे लागि भाेट हाल्न पाइन्छ भनेर मात्रै सदस्ययता नबिरण गराएकाे बताएका छन् । यसै बिच संघकाे निर्बाचनका लागि नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले मेजर पदका उम्मेदवारको टुंगो लगाएकाे महासमिति सदस्य कर्ण बहादुर बुढाथोकीले जानकारी दिनु जसका निर्बमान उधाेग उपाध्यक्ष खगेश्वर खनाललाई अध्यक्षमा अघि सारिएको छ । त्यस्तै नि,बर्तमान सदस्य लेखराज केसीलाई महासचिवमा अघि सारेको जनाइएको छ । अन्य सदस्यहरुकाे पनि केही दिनमा टुंगोमा पुर्याउने जनाइएको छ ।