आलोक भाबुक/गढवा शुक्रबार, कार्तिक २१, २०८२

दाङ । देउखुरीको गढवा गाउँपालिकाले यस वर्ष किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण सुरु गरेको छ ।

गाउँपालिकाले बिहीबारदेखि गहुँको बीउ वितरण कार्य प्रारम्भ गरेको हो । यस वर्ष कुल २ सय १ क्विन्टल (२० हजार १ सय किलो) गहुँको बीउ किसानहरूलाई वितरण गरिने गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।

त्यस्तै अध्यक्ष पोख्रेलका अनुसार यसपालि गौतम, विजय, वाणगंगा,आदित्य र जिंक जातका गहुँका बीउ ल्याइएको छ । तीमध्ये विजय जातको १० हजार किलो,गौतम ९ हजार किलो,वाणगंगा ५ सय किलो, आदित्य १ सय किलो र जिंक ५ सय किलो बीउ वितरणका लागि तयारी गरिएको हो ।

“किसानलाई गुणस्तरीय बीउ सहज र समयमा उपलब्ध गराउन हामीले विशेष प्राथमिकता दिएका छौं,”अध्यक्ष पोख्रेलले भने,“गुणस्तरीय बीउ प्रयोग गरे उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा छ।”

यसबीच,स्थानीय किसान राम गोपाल यादवले पालिकाको यो पहलप्रति सन्तोष व्यक्त गरेका छन् । उनले भने,“हामीजस्ता साना किसानका लागि यो अनुदान निकै उपयोगी भएको छ । अघिल्ला वर्षमा बीउ किन्नै समस्या हुन्थ्यो,अब पालिकाबाट नै समयमै बीउ पाउँदा गहुँ खेती सजिलो भएको छ।”
यस्तै उनका अनुसार, यसपालि गुणस्तरीय बीउ पाएकाले उत्पादनमा वृद्धि हुने आशा गरिएको छ।

त्यस्तै गाउँपालिकाले प्रत्येक वडाबाट माग अनुसार बीउ वितरण गर्ने र गहुँ उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]