
Ggp
Asb
lnp
Sgp
Lks
Rgp
Rgp
ksb
Ggp
Jns
Rgp
Dus
Lnp
Rgp
Usb

lms

काठमाडौँ । आज पनि स्वास्थ्य सेवा विभागले बालबालिकालाई भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइरहेको छ ।
यस्तै राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइएको हो ।
अर्को चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते खुवाइने छ । यो कार्यक्रम सञ्चालन गर्न ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन् । बालबालिकामा कुपोषणको जोखिम हुन नदिन सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।
