
lnp
Rgp
Lks
ksb
Ggp
Rgp
Jns
Usb
Rgp
Lnp
Dus
Sgp
Rgp
Asb
Ggp

lms

दाङ । पूर्ण सरसफाइयुक्त गाउँपालिका निर्माणको लक्ष्यसहित देउखुरीको राप्ती गाउँपालिकाले ‘सरसफाइ डिजिटल अवार्ड’ सञ्चालन गर्ने भएको छ । फोहोर व्यवस्थापनमा सुधार ल्याउने,प्लास्टिकको प्रयोग घटाउने तथा सरसफाइबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुधबार सूचना प्रकाशित गर्दै कार्यक्रमको घोषणा गरिएको हो ।
कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका स्थानीय,विद्यार्थी,युवा, महिला समूह तथा समुदायका सराेकारवाला व्यक्ति वा समूहहरुले सरसफाइ सम्बन्धी गतिविधि तथा स्थानीय पहल समेटिएको भिडियो तयार गर्नुपर्नेछ । भिडियो कम्तिमा ३० सेकेन्ड र बढीमा ३ मिनेटको दायरा भित्र तयार हुनुपर्ने जनाएको छ ।
त्यस्तै भिडियोमा घर–आँगन सफाइ,सडक र नालीको नियमित सरसफाइ,कुहिने र नकुहिने फोहोर छुट्याउने अभ्यास,प्लास्टिकका विकल्पको प्रयोग, तथा सामुदायिक सरसफाइ अभियानमा स्थानीय सहभागिताजस्ता विषय समेट्न सकिने बताइएको छ। साथै,भिडियो स्पष्ट,प्रभावकारी र स्थानीय भाषा, संस्कृति तथा जीवनशैली झल्किने खालको बनाउन आग्रह गरिएको छ ।
सहभागिता सहज बनाउनका लागि इच्छुक व्यक्ति वा समूहहरूले तयार गरिएको भिडियो यही पौष महिनाभित्र राप्ती गाउँपालिका कार्यालयमा दर्ता गराउनु पर्ने जनाएको छ । उत्कृष्ट तथा प्रभावकारी भिडियो चयन गरी ‘राप्ती गाउँपालिकाको सरसफाइ रनिङशिल्ड सञ्चालन कार्यविधि २०८२’अनुसार सम्मान तथा पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । यस अभियानले सरसफाइप्रति समुदायको जिम्मेवारी र सहभागिता अझै बढाउने विश्वास गरिएको छ ।
