दाङ । देउखुरीको लमही नगर क्षेत्र भित्र रहेका हाेटल ब्यबसायिहरुका लागि आज सरसफाइ संम्बन्धित तालिम दिइएकाे छ । जि आइ जेडकाे आयाेजना तथा लमही नगरपालिकाकाे सहयाेगमा तलिम भएको हाे । लमही न.पाका प्रमुख कुल बहादुर केसीको अध्यक्षयतामा भएको कार्यक्रममा बाेल्दै नगर प्रमुख केसीले पर्यटन प्रबद्धन ब्यबसायिकको रुपमा बिकास गरे मात्रै हाेटल क्षेत्र फस्टाउन सक्ने बताउनु भएको छ । जसका लागि हाेटल संचालकले सरसफाइमा विशेष ध्यान दिएर बाेलि ब्यहारमा पनि परिवर्तन गरे ब्यबसाय फस्टाएर जाने बताउनु भयाे ।
लमहीकाे रिहार र जखेरा तालले पर्यटन क्षेत्र भए पनि लमही उदम थलाे भएकाले अति संभाबना रहेकाे जिकिर नगर प्रमुख केसीले गर्नु भयाे । झन्डै २६ जना हाेटेल संचालनकाे सहभागी रहेकाे कार्यक्रममा प्रेम चन्द खनाल,शान्ति थापा मगर,पत्रकार श्रवण बस्नेत लगायतले बाेल्नु भएकाे थियाे । उक्त तालिममा सुदिप बसेल र शिशिर केसी प्रशिक्षक रहनु भएको कार्यक्रम संचालन लमही न.पा.का याेजना अघिकृत तेजा गैरेले गर्नु भएको थियो ।