
Asbus
Rgp
Ksbus
Msbus
Lnp
Ggp
Sdc
Ksbus
Ggp

दाङ । आन्तरिक राजस्व कार्यलय तुल्सिपुर र देउखुरी उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा लमहिमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संघको कार्यक्षेत्र भित्र ब्यापार उद्योग गर्ने बर्गलाइ करका बारेमा जानकारी होस भन्ने उदेस्यका साथ मंगलबार उक्त कार्यक्रम उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तुल्सिपुर कर कार्यलयका कर अधिकृत गोपि कृष्ण कोइरालाले तपाई ब्यापारी साथी हरुलाइ दन्डित गर्ने हाम्रो उदेश्य हैन र अन्जानमा हुने त्रुटिबाट डण्डित हुन सक्ने भएकाले जरिवाना भन्दा पहिले केहि सिकौ भन्ने उदेश्यले देउखुरी उद्योग बाणिज्य संघसंग सहकार्य गरि यसकिसिमको कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
त्यस्तै ब्यापार व्यावसाय गर्दै आउनुभएका साथी हरुले कारोबार गर्दा अन्जानमा आफुले गरेका गल्तीहरु स्वयं जानकारी हुने र उक्त सच्चाउदै सरकारबाट डण्डित नहुन -कारोबारको हिसाब किताब शुद्ध राख्न सकुन भन्ने उदेश्यका साथ करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियको कार्यक्रमका अध्यक्ष तथा देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताउनु भयो ।
शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा कर,भ्याट,मिस म्याच,इ प्यान,भि सि टि यस,अग्रिम कर लगाएतका विषयमा कारोबार गर्नुहुने साथी भाइहरुमा जानकारी होस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संघका महासचिव कमल जङ्ग सिह ठकुरीले जानकारी दिनु भयो ।संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठको अध्यक्षता तथा प्रमुख कर अधिकृत गोपि कृष्ण कोइराला प्रमुख आतिथ्यता र कर अधिकृत नारायण रिजालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । देउखुरी उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष खगेस्वर खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव कमल जङ्ग सिह ठकुरीले गर्नु भएको थियो । उक्त कार्यक्रममा ६१ जना व्यवसायीहरुको उपस्तिथि रहेको थियोे ।
