
Lnp
Ggp
Dbs
Asb
Dus
Pbu
lnp
Rgp
Jns
ksb
Lks
Ggp
Rgp
Sgp
Rgp
Rgp
Usb


संखुवासभा । संखुवासभाको चैनपुरमा आपराधिक लाभ कसुरमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेहरुमा प्युठान घर भई हाल चैनपुरमा बसोबास गर्दै आएका ३० वर्षीय केबी पुन मगर, चैनपुर नगरपालिका वडा नम्बर–७,का २५ वर्षीय लब आले मगर,३१ वर्षीय युवराज पिठाकोटे मगर, २५ वर्षीय राजु (यमसिख यसमाली) मगर,२५ वर्षीय प्रदीप समाल मगर र २९ वर्षीय ऐम बिरेन (यसमाली) मगर रहेका छन् ।
इलाका प्रहरी कार्यालय चैनपुरका अनुसार कात्तिक १२ गते राति करिब १० बजे सुनसरी गढी गाउँपालिका–५,घर भई हाल चैनपुरमा डेरा गरी बस्ने अक्षय चौधरीमाथि ती व्यक्तिहरुले मोटरसाइकल रोकेर कुटपिट गरेका थिए । घटनाका क्रममा समूहले चौधरीको मोटरसाइकलको चाबी खोसी जबरजस्ती पदमबहादुर यसमाली मगरको घरमा लगेर सिसाको बोतल फुटाउँदै ज्यान मार्ने धम्की दिएका र त्यस क्रममा चौधरीलाई बलजफ्ती भिडियो खिचिएको प्रहरीले जनाएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी कुमारप्रसाद मैनालीका अनुसार उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै समूहले चौधरीबाट जबरजस्ती ८१ हजार एक सय ४५ रुपैयाँ असुल गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
त्यस्तै पीडितले दिएको जाहेरीका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट सबै अभियुक्तलाई नियन्त्रणमा लिएर ३८ हजार चार सय ७० रुपैयाँ नगदसमेत बरामद गरेको डीएसपी मैनालीले जानकारी दिए । यस्तै पक्राउ परेकामाथि ‘आपराधिक लाभ कसुर’अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
