
Mbdvs
Rbs
Pbu
Gisld
Sds
mbd

Bbbpu
Tsm
Sls
nsb
Ggd
Ssm
Rsb
Rgu
Vor
Bbu
Rgs
Gst
Hal
Ksm
Pvg
Sbs
Asm
Wsp
Rgu

Gsb
bbt
Rpp
Bml
sab
Jmb
Rmb
Ptm
Pls
Syp
Jmb
Abd
Mks
बाँके । बाँकेमा चितुवाको छाला सहित ३ जना पक्राउ परेका छन् । राप्तीसोनारी गाँउपालिका-१ कुसुमस्थित सडकबाट २ थान चितुवाको छालासहित ३ जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ पर्नेहरूमा सल्यान बाघचौर नगरपालिका वडा नम्बर ३ चौरपानी वस्ने ३१ वर्षीय जित बहादुर डिसी,सल्यान कुमाख गाउँपालिका-७ बस्ने २१ वर्षीय कमल डिसी र सोही गाउँपालिका-३ मर्म पोडिकारा बस्ने २४ वर्षीय हिमेन्द्र वली रहेका छन् ।
चितुवाको छाला ओसारपसार भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा जित बहादुरले बोकेको झोलाबाट २ थान चितुवाको छाला फेला पारी खरिदविक्री कारोवारमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
