
Rgp
Rgp
Jns
Rgp
Dus
Usb
Sgp
Rgp
lnp
Lnp
Ggp
Ggp
ksb
Lks
Asb

lms

काठमाडौँ । रुपन्देही र सिराहामा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर –९,भलुही गौशालास्थित सडकमा बुटवलबाट खैरेनीतर्फ आउँदै गरेको लु.५९ प ५१०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
त्यस्तै मृत्यु हुनेमा देवदह नगरपालिका–५ मितेरी टोल बस्ने २९ वर्षीय मदन पौडेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै सिराहाको नरहा गाउँपालिका–३ चोहर्वास्थित सडकमा मधेस प्रदेश ०१–००१ ज ०११२ नम्बरको विङ्गरले स.२ प ९५३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक अर्नमा गाउँपालिका–३ बस्ने ५० वर्षीय बच्चु महतो कोइरीको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको अनुराधा हेल्थ केयर अस्पताल नयाँ चोहर्वामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको न्युरो अस्पताल विराटनगरमा थप उपचार भइरहेको छ । दुवै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
