
Mbf
snmbs
Ges
Sdc
Pbu
dpm
Dpm
Snmbs
Gesld
Dbc
Snmbs


दाङ । नेपाल दलित मुक्ति संगठन राजपुर गाउँपालिका स्तरीय एकताको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलाले शान्ता परियार संयोजक र भक्त बहादुर बिक सहसयोजक रहने गरि ३१ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।
त्यस्तै भेलामा नेकपा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा १ नम्बर प्रतिनिधि सभा इन्चार्ज लुमाकान्त न्यौपाने सागरले नेपालको राजनैतिक परिवर्तनमा दलित समुदायको भुमिका अग्रणी रहेको बताए । उनले क्रान्ति जित्नु ठुलो कुरा भए पनि क्रान्तिको रक्षा गर्नु र क्रान्तिले प्राप्त गरेका उपलब्धिहरुलाई जोगाएर राख्नु अझ ठुलो कुरा भएको भनाइ छ ।
सो कार्यक्रममा नेकपा दाङ जिल्ला सचिवालय सदस्य,मिना गुरुङ,जिल्ला सदस्य तथा राजपुर अध्यक्ष शिखर खड्का,नेपाल दलित मुक्ति सगठन दाङ जिल्ला संयोजक टंक सुनार, सहसंयोजक हिरालाल सुनार सारथि,भुमी अधिकार मन्च दाङका अध्यक्ष देउमन दमाई,सगठनका जिल्ला सचिवालय सदस्य शशी परियार,अनिल शेर्पाली र नेकपा राजपुर गाउँपालिकाका सचिवालय सदस्य पुस्पा यादवले शुभकामना मन्तव्य गरेका थिए ।
नेपाल दलित मुक्ति सगठन जिल्ला सचिवालय सदस्य गुरु प्रसाद बिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन देब बहादुर सुनारले गर्नु भएको थियो ।
