
Sgp
lnp
Ggp
ksb
Dus
Ggp
Rgp
Lnp
Dbs
Asb
Lks
Rgp
Usb
Rgp
Jns
Rgp
Pbu


दाङ । लमही क्षेत्रका होटल तथा रेष्टुरेन्टहरुको स्वच्छता स्तर जाँच गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर,दाङले अनुगमन गरेको छ ।
कार्यालयले अनुगमनका क्रममा होटलहरुलाई अति उत्तम, सन्तोषजनक र सामान्य गरी चार वर्गमा विभाजन गरेको छ । अनुगमनका क्रममा लमही–रातोडाँडा स्थित ग्रीन लुम्बिनी होटलले ९० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्दै “अति उत्तम” वर्गीकरणमा स्थान पाएको छ ।
त्यस्तै,भुसाल होटल, मन्त्र होटल र होटल आश्रय प्राली “उत्तम” वर्गमा परेका छन् । होटल दियो, न्यु ॐ स्वीट हाउस, होटल ए–वन लभली स्टार,होटल पौवा र भरियाज होटल “सन्तोषजनक” वर्गमा परेका छन् भने केजिएफ होटल एन्ड लज “सामान्य” वर्गमा परेको छ ।
कार्यालयका प्रमुख पदम बरालले मापदण्डभन्दा विपरीत देखिएका होटल तथा रेष्टुरेन्ट सञ्चालकलाई सुधार गर्न सुझाव दिएका छन् । उनले भने, “उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध भएको क्षेत्र भएकाले स्वच्छता र गुणस्तरमा कुनै पनि लापरबाही स्वीकार्य हुने छैन ।” बरालले आगामी दिनमा स्वच्छता मापदण्डको पूर्ण पालना गर्न सबै व्यवसायीलाई निर्देशनसमेत दिएका छन् ।
यस्तै खाद्य निरीक्षक सुदर्शन गोसाईका अनुसार, कार्यालयको निरन्तर अनुगमन र व्यवसायीहरुको सक्रिय प्रयासका कारण पछिल्लो समय लमहीका होटलहरुमा उल्लेखनीय सुधार आएको छ । उनले भने, “हामीले नियमित रुपमा अनुगमन गर्दै आएका छौं,त्यसको प्रभावस्वरुप धेरै होटलहरुले मापदण्ड पालना गर्न थालेका छन् ।”
अनुगमन टोलीमा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशकी उपाध्यक्ष सुमित्रा भट्टराई,देउखुरी उद्योग वाणिज्य संघ लमहीका महासचिव हरि बहादुर थापा, लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख शरद पाण्डे,वडा प्रहरी कार्यालय लमहीका प्रहरी हवल्दार हरि हिरी,लमही होटल व्यवसायी समितिका अध्यक्ष नारायण भुसाल,सचिव राजेन्द्र पाण्डे,सह-सचिव बाबुराम खनाल र कोषाध्यक्ष श्याम कंवर लगायतको सहभागिता रहेको थियो ।
