Sidha Patra बिहिबार, कार्तिक १३, २०८२

रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४,धुलेओडारस्थित भीत्री सडकखण्डमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मंगलबार राति करिब ९ः५० बजेको समयमा सुलिचौरबाट किलाचौरतर्फ जाँदै गरेको लु २ च ८०१५ नम्बरको वलेरो पिकअप जिप सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा रोल्पा सुनछहरी गाउँपालिका–६ का ३२ वर्षीय चालक थम्मन रोका मगर गम्भीर घाइते भएका थिए ।

त्यस्तै उनको उपचारको क्रममा बुधबार राति करिब २ः४५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा लुङ्ग्री गाउँपालिका–७ हर्जनका ४० वर्षीय खिमबहादुर पुन, लुङ्ग्री गाउँपालिका–४ सालडाँडाकी २७ वर्षीया भावना गिरी र उनकी करिब ५ वर्षीया छोरी शान्ति गिरी घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको र थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

जिपमा चालकसहित चारजना सवार रहेका थिए । दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]