Sidha Patra बिहिबार, कार्तिक १३, २०८२

रोल्पा । थबाङ गाउँपालिका वडा नम्बर १,को वडा कार्यालयले विकास निर्माणका कार्यमा ढिलासुस्ती र स्थानीय जनताको मागप्रति बेवास्ता गरिएको भन्दै अनिश्चितकालका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

वडा कार्यालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा गाउँपालिकाको अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत तथा ठेकेदारसँग पटक–पटक छलफल र अनुरोध गर्दा पनि वडा नम्बर १ मा विद्युत सेवा र अन्य विकास निर्माणका कार्य समयमा सम्पन्न नभएको उल्लेख गरिएको छ । वडा नम्बर १ मा लामो समयदेखि विद्युत आपूर्ति नहुँदा स्थानीयवासीहरु कठिनाइमा परेका छन् । नेपाल विद्युत प्राधिकरण र गाउँपालिकाबीच २०७८ सालमै भएको सम्झौता आजसम्म कार्यान्वयनमा नआएकोप्रति वडाको गुनासो विज्ञप्तिमा व्यक्त गरिएको छ ।

यसैबीच,सोही विषयमा थबाङ गाउँपालिका–२ को वडासदस्य अभिलाषा रोका मगरले पनि कार्तिक १३ गतेबाट तालाचाबी बुझाउने र सुनुवाइ नभए राजीनामा दिने चेतावनी समेत दिएको छ । वडाले जनताको मागलाई प्राथमिकता नदिएको र वडास्तरका जनप्रतिनिधिहरुको बारम्बार आग्रह बेवास्ता गरिएको कारण कार्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “जनताको माग तत्काल पूरा नभएसम्म वडा कार्यालय बन्द रहनेछ । आवश्यकता परे वडा अध्यक्ष र वडा सदस्यहरुले समेत संयुक्त रुपमा राजीनामा दिनेछन्।” उक्त विज्ञप्तिमा वडा अध्यक्ष हिरा प्रसाद बुढा मगरको हस्ताक्षर रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]