
Sdc
Ksbus
Ggp
Asbus
Msbus
Rgp
Ksbus
Ggp
Lnp


दाङ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज,अध्ययन,तालिम तथा अनुसन्धान कार्यक्रम राप्ती आँखा अस्पताल, नेत्रज्योति प्राविधिक शिक्षालय तुलसीपुर–४ रक्षाचौर दाङको आयोजनामा नव आगन्तुक प्रशिक्षार्थी तथा अभिभावहरुलाई स्वागत तथा अभिमुखिकरण
कार्यक्रम सम्पन्न भएको छ ।
एकाडेमीक चिफ राप्ती आँखा अस्पतालका सहायक प्रा.डा रञ्जितकुमार साहको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ दाङका सहकोषाध्यक्ष प्रणवकुमार खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेत्रज्योति संघका सदस्यहरु सुरेन्द्रबहादुर खड्का, ध्रुव गौतम,ताराप्रसाद पोख्रेल, गुरुजजुर माविका प्राधानाध्यापक,प्रशिक्षक विष्णुकुमारी केसी,आँखा स्वास्थ्य कार्यक्रमका वरिष्ठ अनुगमन तथा मुल्याङकन अधिकृत सालिकराम गौतम,राप्ती आँखा अस्पतालका अस्पताल व्यवस्थापक शशि लामीछानेले शुभकामना व्यक्तगर्नुभएको थियो ।
राप्ती आँखा अस्पताल,नेत्रज्योति प्राविधिक शिक्षालयका प्रशासन तथा लेखाअधिकृत प्रेमाकुमारी सापकोटाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा लाइव्रेरीयन निरला अर्यालले विद्यार्थीहरुले पालना गर्नुपर्ने नियम निर्देशिकाको विषयमा प्रकाश समेत पारेकि थिइन् । कार्यक्रममा दशौ व्याजका नेत्रसहायक अध्ययन गर्ने प्रथम बर्षका विद्यार्थी र उनीहरुका अभिभावकहरुको सहभागीता रहेको थियो ।
