
Rsb
Rks
Gsb
Ppu
Ksb
Usb
Csb
Ksb
Ssb
Ksb
Nsb
Ssb
Tgp
Bsn

Hl1
Ssb
Usb
Gsb
Tsb

Rgu
Nps
ptl
दाङ । तुलसीपुर स्थित ज्ञान ज्योति फाउन्डेसनले आफ्नो एमबिए कार्यक्रमको पहिलो ब्याचमै उल्लेखनीय सफलता हात पारेको छ । पहिलो वर्षमै विद्यार्थीहरुले ल्याएको उत्कृष्ट नतिजाले संस्थाको शैक्षिक प्रतिष्ठा झनै माथि उकासेको छ ।
मंगलबार सार्वजनिक गरिएको एमबिए प्रथम सेमेस्टरको नतिजामा ज्ञान ज्योतिकी छात्रा वर्षा केसीले ३.६७ जीपीए प्राप्त गर्दै अव्वल स्थान हासिल गरेकी छन् । सो सँगै अन्य विद्यार्थीहरुले पनि उत्कृष्ठ नतिजा ल्याउँदै विद्यालयको नाम उजिल्याएका छन् ।
फाउन्डेसनका सिइओ सुरेन्द्र जिसीका अनुसार यो सफलता कुनै संयोग होइन,बरु विद्यालयको दूरदर्शी नेतृत्व,सबल व्यवस्थापन, दक्ष र अनुभवी शिक्षक –शिक्षिकाको निरन्तर परिश्रम र विद्यार्थीहरुको अनुशासन,लगनशीलता र प्रतिबद्धताको प्रतिफल हो । “हामी गुणस्तरीय शिक्षा र व्यावहारिक ज्ञान दुवैमा समान जोड दिन्छौं,” जिसीले भने, “त्यही कारणले ज्ञान ज्योति आज प्रदेश र पश्चिम नेपालमा शैक्षिक उत्कृष्टताको पर्याय बनेको छ ।”
एमबिएसँगै विद्यालयले बिबिए,बिसिए,बिएस्सी– सीएस आईटी, बिबिएस,बिएस्सी र बिए कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । निरन्तर उत्कृष्ट नतिजा, व्यवस्थापनमा पारदर्शिता र शिक्षणमा नवीनता अपनाउने नीति भएकै कारण ज्ञान ज्योति फाउन्डेसन पश्चिम नेपालको उत्कृष्ट शिक्षण संस्थामध्ये एकका रुपमा स्थापित भएको विद्यालयले जनाएको छ ।तुलसीपुरखबर
