
Ddhbs
Gsl
Nssbus7
Csbus
Pbu
dsbus
Jsbus
gms
Amb
Bksbus5
Ratbs
Ssbus
Gsbus
Rbs

Sbs
Ssm
Pvg
Rgu
Gst
Rsb
nsb
Vor
Rgu
Tsm
Bbbpu
Ggd
Rgs
Sls
Asm
Ksm
Bbu
Hal
Wsp

Rmb
bbt
Bml
Jmb
Rpp
Pls
Jmb
Ptm
Syp
Gsb
Abd
Mks
sab
दाङ । राजपुर गाउँपालिका वडा नम्बर –७, भौवास्थित शिवशक्ति माध्यमिक विद्यालयमा अध्ययनरत सृष्टि खत्रीलाई “तुलसीराम नेपाली जेहेन्दार छात्रवृत्ति” प्रदान गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक लीलाधर विकका अनुसार सृष्टिले २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गरेकी थिइन् । उनलाई प्रोत्साहनस्वरुप नगद ७ हजार रुपैयाँसहितको छात्रवृत्ति प्रदान गरिएको हो ।
स्वर्गीय तुलसीराम नेपालीको सम्झनामा उनका पिता जीतबहादुर नेपालीले २०८० सालमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका थिए । सो कोषबाट प्राप्त हुने ब्याज रकमबाट प्रत्येक वर्ष एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई यो पुरस्कार प्रदान गर्ने परम्परा रहेको विद्यालयले जनाएको छ ।
त्यस्तै छात्रवृत्ति वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगल खड्काको अध्यक्षता तथा अक्षयकोष दाता जीतबहादुर नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक,अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लीलाधर विकले अक्षयकोष स्थापनाको उद्देश्य,पुरस्कारको महत्व तथा स्वर्गीय तुलसीराम नेपालीको जीवनीबारे प्रकाश पारेका थिए । सोही अवसरमा कार्यक्रमको सञ्चालन शिक्षक नन्दराम वलीले गरेका थिए ।
