दाङ । देउखुरीकाे एक ब्लक उद्योगका संचालन आफै कामदार र मालिक आफै हुनुहुन्छ,भन्दा कसैलाई पत्याउनै मुस्किल हाेला तर लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा रहेकाे राप्ती इन्जिनियरिङ कन्सल्टेन्सिका संचालकले यस्ताे कार्य गरिरहनु भएको छ ।
उमेरले ४२ वर्षका उद्योगका मालिक शेषमणि घिमिरे लमही ५ लमही निवासी हुनुहुन्छ । उहाँको वर्कसबमा म ठिक दुई बजे तिर पुग्दा उहाँ काममा ब्यस्त हुनुहुन्थ्यो । म गएको देखे पछि उहाँ दंग पर्नु भयाे । अनि मैले पाँच मिनेट समय माग गर्दा पनि धेरै काम छ,समयकाे ख्याल गर्नु पर्छ भन्नू हुँदै आफ्ना संघर्षका केही अंश: यसरी प्रस्तुत भयो । पहिले रहर लागेर कामदार आउछन् अनि पछि काम सिकेर बिदेश जाने गरेका कारण उघाेगमा मेन समस्या नै रहेको घिमिरेले बताउनु भयो ।
त्यस्तै उहाँले यसैका कारण केही उद्योगहरु बन्द पनि भएका छन् भन्नू भयाे । उघाेगमा दक्ष जनशक्तिकाे अभाब छ पहिले आउछन काम सिक्छन,अनि बाहिर जान्छन उसाे त उहाँको वर्क सबमा ३ जनाले राेजगारि पाएका छन् । उनिहरुको लागि मासिक १५/१५ हजार रुपैयाँ तलब दिनु भएको छ । त्यस्तै सुरुमा १७ लाख रुपैयाँ लगानीबाट सुरु गरेकाे उघाेग अहिले ३० लाख रुपैयाँ सम्म पुगिरहेकाे छ । पछिल्लो समयमा इट्टा भन्दा ब्लक इट्टाबाट आधा सस्तोमा बन्ने भए पछि आम नागरिककाे पहिलाे राेजाइ नै ब्लक बनेकाे छ । पहिले स्थापनाका तीन वर्ष निकै निराशा बन्नु भएका संचालक घिमिरे अहिले माग अनुसारकाे ब्लक इट्टा पुर्याउन नसिरहेकाे बाताउनु भयो ।यस्तै माग अत्यघिक छ,अहिले सबै सेवाग्राहीहरु लाइनमा हुनुहुन्छ,उहाहरुलाई क्रमिक रुपमा पालाे अनुसार दिइरहेकाे छु घिमिरेले भन्नू भयाे । ब्लक इट्टाबाट घर बनाउदा कम खर्चलाग्ने,घाम र पानीबाट बच्ने,छिटाे अनि आरामदायि भबन हुने भएकोले पछिल्लो समय स्थानीयबासिकाे राेजाइ बनेकाे हाे ।
लमही नगर पालिका भित्र ८ वटा उद्योग संचालनमा रहे पनि केही समस्या देखिए पछि १ वटा उघाेग बन्द भएको उदाहरण पनि सुनाउनु भयाे । उद्योगमा दक्ष कर्मचारीकाे अभाब मेन समस्याकाे रुपमा रहेकाे भन्नुहुदै वार्षिकरुमा सबै खर्च कटाएर ४०/५० लाख रुपैयाँ आम्दानिहुने गरेकाे उहाँको भनाइ छ ।
त्यस्तै उहाँको उघाेगमा पिलर,जालिपाेल,विभिन्न खाले ब्लकहरु,लक टाइल,४ किल्ला पाेलहरु, गमला,बिभिन्न खाले भगवानका मुर्तिहरु,रिङ्गहरु पनि निर्माण गरिने गरिएको संचालक घिमिरेको भनाइ छ । मेराे उद्योगमा ठुलाे राम्राे ब्लक इट्टाहरु रहेकाले सबै सेवाग्राहीहरु आउनुहुन्छ त भिड बढेकाे छ अनि आबश्यकता अनुसार समानहरु पुगाउन सकिरहेकाे छैन उहाँले भन्नू भयो ।
त्यसैगरी उहाँले उद्योगबाट उत्पादित बस्तुहरु बढि जसाे स्थानीय स्तरमा जाने गरेकाे छ केही ब्यक्तिहरु टाढाका पनि आउनुहुन्छ घिमिरेले भन्नु भयाे । सानाे उद्योगहरु लागि स्थानीय सरकारले केही सहयाेग गरिदिए तथा ऋण ब्याजका हेरफेर गरिदिए म जस्ता हजारौं साना उघाेगहरु अझै फस्टाउन,बिस्तार गर्न सहयाेग पुग्ने भएकाले राहत दिन स्थानीय सरकार संग माग गर्नु भएको छ ।