
Ssbus
Csbus
Nssbus7
Amb
gms
Ddhbs
Gsl
Gsbus
Pbu
Rbs
Jsbus
Ratbs
Bksbus5
dsbus

Sls
Ssm
Rgu
Tsm
Pvg
Rsb
Asm
Ksm
Gst
Vor
nsb
Bbu
Hal
Bbbpu
Ggd
Rgs
Rgu
Wsp
Sbs

Abd
Jmb
Jmb
Pls
Syp
bbt
Rmb
Bml
Gsb
Rpp
sab
Ptm
Mks
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानविनलाई तीव्रता दिएको छ ।
कांंग्रेस केन्द्रीय कार्यसमितिको यही फागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानविन समिति गठन गरेको थियो । त्यस्तै समितिको सदस्यमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार,श्यामकुमार घिमिरे,प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी रहनु भएको छ ।
समितिको शुक्रबार बसेको पहिलो बैठकले तोकिएको मितिभित्र प्रक्रिया पुर्याई क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाउन बाँकी रहेका जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई लिखित पत्राचार गर्ने निर्णय गरेको छ ।
सो निर्णयबमोजिम क्रियाशील सदस्यताको नामावलीको प्रमाणित सूची,सदस्यता शुल्क,सहयोग रकम (लेबी) र गाउँपालिका÷नगरपालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपीसहित विवरण केन्द्रमा पठाउनुपर्ने छ ।
त्यस्तै क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धमा जिल्लामा हालसम्म भइरहेको कार्यप्रगतिको पछिल्लो अवस्थाको जानकारी लिन समिति सदस्य ढुङ्गाना र परियारलाई प्रदेश नं १ र २, घिमिरे र पौडेल वाग्मती र गण्डकी प्रदेश तथा गुरुङ र चौधरीलाई लुम्बिनी,कर्णाली र सुदुर पश्चिम प्रदेशको जिम्मेवारी तोकिएको छ ।
यसैगरी समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालयमा सचिवद्वय डा प्रदीप पराजुली (प्राविधिकतर्फ) र अधिवक्ता केशव रिजाल (प्रशासन र निर्णय प्रक्रियातर्फ)लाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।
कांग्रेस १३औँ महाधिवेशनको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको कार्यविधिलाई आवश्यक संशोधन र परिमार्जन गरी समितिका सचिव रिजालले यही फागुन ११ गते बस्ने समितिको अर्को बैठकमा मस्यौदा प्रस्तुत गर्ने बैठकको निर्णय छ ।
कांग्रेसको फागुन ६ गतेको केन्द्रीय कार्यसमिति बैठकले १४औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो । कांग्रेसले महाधिवेशनसँगै गाउँ,नगर वडा अधिवेशन आगामी असार ५ गते,गाउँ,नगरपालिका अधिवेशन असार ७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन १ गते कार्यतालिका निर्धारण गरेको छ ।
साथै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने कांग्रेसको निर्णय छ ।
त्यस्तै कांग्रेसले जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र नवीकरण सम्पन्न गर्ने अवधि यही फागुन २८ गतेभित्र, क्रियाशील सदस्यता प्रकाशित गरी केन्द्रमा पठाउने अवधि आगामी चैत १० गतेभित्र तोकेको छ ।
यसैगरी नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले उजुरी उपर छानविन गरी केन्द्रमा पठाउनु पर्ने अवधि चैत २५ गते तोकिएको छ ।
केन्द्रीय छानविन समितिमा क्रियाशील सदस्यता नवीकरणसम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी सूची तयार गरेर केन्द्रीय सभापतिलाई बुझाउने अवधि आगामी जेठ १७ गतेसम्म निर्धारण गरिएको छ ।
कांग्रेसले केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि आगामी जेठ २४ गतेभित्र तोकेको छ ।
कांग्रेसको सङ्गठनमा महत्वपूर्ण मानिने क्रियाशील सदस्य सङ्ख्या हाल स्वदेश र विदेश (कांग्रेसका जनसम्पर्क समिति) गरी करिब पाँच लाख रहेको र आगामी अधिवेशनसम्ममा नयाँ र नविकरण गरी १० लाख हाराहारी पुग्ने केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिनु भयो ।
त्यस्तै कांग्रेसमा समायोजन भएका नेपाल लोकतान्त्रिक फोरम,अखण्ड नेपाल,नेपाल समता पार्टी लगायत दल र पार्टीको जागरण अभियानका क्रममा देशभर विभिन्न राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका करिब एक लाख नेता कार्यकर्तालाई पनि छानबिन गरी क्रियाशील सदस्यता प्रदान गरिन लागेको पार्टी कार्यालयले जनाएको छ ।
