
Usb
Csb
Rks
jsb
Ssb
Gsb
Nsb
Bsn
Ksb
Ksb
Ksb
Tgp
Ppu
Ssb
Rsb

Tsb
Hl1
Usb
Ssb
Gsb

Rgu
Nps
ptl
काठमाडौँ । नेपालमा जापानी इन्सेफलाइटिस (जेई) को संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ जना पुगेको छ । यो वैशाख यताको तथ्याङ्क हो ।
यो अवधिमा १६४ जनामा जेई सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्र्तगत्त परिवार कल्याण महाशाखा अन्र्तगत्त खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले १ हजार ४०८ जनामा इन्सेफलाइटिस सिन्ड्रोमका लक्षण देखिएकामध्ये १६४ जनामा जेई सङ्क्रमण पुष्टि भएको बताए ।
यस्तै पछिल्लो ७ दिनयता पाल्पा जिल्लामा एक नयाँ जेई केस देखिएको छ । चितवन जिल्लामा एक नयाँ जेईका कारण मृत्यु दर्ता भएको छ । यससँगै, जेईका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको हो । जसमा १६ पुरुष र १५ महिला रहेका छन् । पुष्टि भएका केसमध्ये ११६ जना अर्थात ७१ प्रतिशत १५ वर्ष वा सोभन्दा माथिका रहेका छन् । मृत्यु हुनेमध्ये अधिकांश ७४ प्रतिशत ४० वर्षभन्दा माथिका छन् ।
त्यस्तै डा.गौतमका अनुसार जेई रोगको सङ्क्रमण पूर्वी भागबाट सुरु भई क्रमशः पश्चिम नेपालसम्म फैलिएको छ । जेई केसहरू मध्ये २२ वटा पहाडी जिल्लाहरुबाट पुष्टि भएको छ । नेपालका ५ वटा प्रदेशका ८ जिल्लाका १२ वटा नगरपालिकामा देखिएको छ । पुष्टि भएका जेई केसहरू धान खेत र सुँगुर फार्म नजिकका क्षेत्रमा बसोबास गर्नेहरुमा देखिएको उनले बताए ।
