
Gsl
Gsbus
Jsbus
Ssbus
Ratbs
Ddhbs
Csbus
Rbs
dsbus
Nssbus7
Pbu
Amb
gms
Bksbus5

Rgs
Ggd
Bbbpu
Hal
Tsm
Pvg
Gst
Rgu
nsb
Asm
Rsb
Ssm
Rgu
Sbs
Vor
Bbu
Sls
Wsp
Ksm

Syp
Mks
Pls
Rmb
Gsb
Bml
Ptm
Rpp
Abd
Jmb
sab
Jmb
bbt
काठमाडौँ । नेपालमा जापानी इन्सेफलाइटिस (जेई) को संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ जना पुगेको छ । यो वैशाख यताको तथ्याङ्क हो ।
यो अवधिमा १६४ जनामा जेई सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्र्तगत्त परिवार कल्याण महाशाखा अन्र्तगत्त खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले १ हजार ४०८ जनामा इन्सेफलाइटिस सिन्ड्रोमका लक्षण देखिएकामध्ये १६४ जनामा जेई सङ्क्रमण पुष्टि भएको बताए ।
यस्तै पछिल्लो ७ दिनयता पाल्पा जिल्लामा एक नयाँ जेई केस देखिएको छ । चितवन जिल्लामा एक नयाँ जेईका कारण मृत्यु दर्ता भएको छ । यससँगै, जेईका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको हो । जसमा १६ पुरुष र १५ महिला रहेका छन् । पुष्टि भएका केसमध्ये ११६ जना अर्थात ७१ प्रतिशत १५ वर्ष वा सोभन्दा माथिका रहेका छन् । मृत्यु हुनेमध्ये अधिकांश ७४ प्रतिशत ४० वर्षभन्दा माथिका छन् ।
त्यस्तै डा.गौतमका अनुसार जेई रोगको सङ्क्रमण पूर्वी भागबाट सुरु भई क्रमशः पश्चिम नेपालसम्म फैलिएको छ । जेई केसहरू मध्ये २२ वटा पहाडी जिल्लाहरुबाट पुष्टि भएको छ । नेपालका ५ वटा प्रदेशका ८ जिल्लाका १२ वटा नगरपालिकामा देखिएको छ । पुष्टि भएका जेई केसहरू धान खेत र सुँगुर फार्म नजिकका क्षेत्रमा बसोबास गर्नेहरुमा देखिएको उनले बताए ।
