
Pbu
Mbdvs
mbd
Sds
Rbs
Gisld

Rsb
Sbs
Rgs
Ggd
Bbbpu
Sls
Wsp
Asm
Vor
Bbu
Rgu
Tsm
Pvg
Gst
Rgu
Ksm
Hal
Ssm
nsb

Syp
sab
Jmb
Rpp
Rmb
Jmb
Gsb
bbt
Bml
Ptm
Mks
Pls
Abd
दाङ । घोराही सडक खण्डले छोएको छ,मुसोट गाउँलाई । तर, विकास निर्माणमा पछि थियो । वितेको तीन बर्षमा यो गाउँमा विकासका योजनाहरु थपिदै गएका छन ।
शनिबार लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले बर्सेवा घाट ठकरे खोलामा झोलुङ्गे पुलको शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका शर्माले विकास निर्माणबाट पछाडि परेको वस्तिमा विकास पुर्याउने आफ्नो संकल्प रहेको बताउनु भयो । ´यो ठाउँलाई गुल्जार बनाउन चाहन्छौं । जसका लागि धेरै खालका योजना यहाँ प्राथमिकतामा परेका छन’शर्माले भन्नुभयो–‘सुगम ठाउँमा योजनाहरु आफै आउछन् । तर, दुर्गम ठाउँ, ठगिएका वस्तिमा विकास पुर्याउनु पर्छ । मेरो प्राथमिकता यिनै वस्तिहरुमा पर्छ ।’
मुसोट गाउँ र असपासका क्षेत्रमा निःशुल्क कागतीको बिरुवा वितरण गरिएको थियो । यस्तै मुसोट खोलाको कटानले वस्ति जोखिममा परेपछि तटबन्ध गरिएको थियो । टोलविकास संस्थाका अध्यक्ष हस्तराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा सेवा प्रतिष्ठान नेपालका इञ्जिनियर दिपेश गौतमले निर्धारित समय भित्र योजना सम्पन्न हुने बताउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश कमिटि सदस्य नारायण डिसी छम्पालीले वर्तमान सरकारको प्राथमिकता दुरदराजका बस्तिमा विकास पुर्याउने रहेको र त्यो प्राथमिकताका आधारमा योजनाहरु गाउँमा पुगिरहेको बताउनु भयो ।‘सरकारले केही गरेन भन्नेहरुका लागि एक पल्ट आफ्नो गाउँ फर्कन अनुरोध गर्छ । विकास गाउँमा पुगेको छ’उहाँले भन्नुभयो–‘जनताको समृद्धि संग सरकार जोडिएको छ ।’ कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य धुपनारायण चौधरी,जिल्ला सदस्य गोपाल ज्ञवाली, गोपाल विक,समाजसेवी तिलकराम बस्नेत लगायतको उपस्थिती रहेको थियो । स्थानीय अगुवा लालकुमार रोकाको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण सञ्चारकर्मी भानु जोशीले गर्नु भएको थियो ।
