
Lks
Jns
Rgp
Asb
Rgp
Rgp
lnp
Rgp
ksb
Usb
Lnp
Sgp
Ggp
Dus
Ggp

lms

काठमाडौं । इलामको बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला,जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो ।
सन्दकपुर–५,इङलाका वडा सदस्य कुमार गुरुङका अनुसार प्रवेश अस्तिदेखि बेपत्ता भएका थिए । उनकोको स्वीटर र हाइनेक मात्र भेटिएको थियो । त्यस स्थानबाट करिब ४०० मिटर तल आज उनको शव फेला परेको वडा सदस्य गुरुङले जानकारी दिए ।
त्यस्तै योसँगै इलाममा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । एक जना बेपत्ता छन् । इलाम नगरपालका–६ का महेन्द्र लिम्बु बेपत्ता भएका हुन् । उनलाई पहिरोले घरसहित बगाएको थियो ।
