
Asb
Ggp
Ggp
lnp
Dus
Jns
Sgp
Usb
Lnp
ksb
Rgp
Rgp
Rgp
Lks
Rgp

lms

काठमाडौँ । पाँचथरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । यस्तै अन्य ६ जना यात्रुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
त्यस्तै मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । यस्तै घाइतेमध्ये ५ जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र १ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको पाँचथरका डिएसपी अनिशकुमार कर्णले जानकारी दिए ।
शनिबार मध्याह्न तमोर करिडोर अन्तरगत कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा पिकअप गाडी दुर्घटना भएको थियो । मे १ ज ३०५५ नम्बरकाे पिकअप सडकबाट अनियन्त्रित भई करिब ५ सय मिटर तल खसेकाे प्रहरीले जनाएको छ ।
