ओमप्रकाश गुप्ता आइतबार, आश्विन ११, २०८२

दाङ । गोरखा ग्रुप दाङद्वारा सञ्चालित दाङको राप्ती गाउँपालिका वडा नम्बर २,लालमटियामा रहेको गोरखा आइडियल स्कुलले शनिवार बालबालिकाहरुले लेखेको गोरखा आइडियलका कथाहरु (भाग २) नामकको पुस्तक विमोचन गरिएको छ ।

हिन्दुहरुको महान् पर्व बडा दशैंको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सँगै स्कुलले सो पुस्तक विमोचन गरिएकोे हो । सो पुस्तकको सम्पादक केशरी अम्गाई,सन्तोषी जिटी,आवरण कला तथा चित्र रविन्द्र मानन्धर रहेका छन् भने पुस्तक प्रकाशन गोरखा आइडियल स्कुलले गरेको छ । पुस्कतकको टिप्पणी साहित्यकार तथा ऐरावती आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीले गरेका थिए ।

कार्यक्रममा बालबालिकाहरुले लेखेर तयार पारेको पुस्तकलाई कार्यक्रमका प्रमुख अतिथि प्रकाश विष्ट र विद्यालय सञ्चालक समितिका सदस्य तथा गोरखा मोडेल स्कुल लमहीका प्रधानाध्यापक लोकमान रिजालले कथा लेख्ने ३९ जना बालबालिका र उनका अभिभावकहरुलाई सम्मान सहित पुस्तक वितरण गरिएको थियो ।

कार्यक्रममा हस्तलेखन प्रतियोगिता, दशैं तिहार शुभकामना पत्रका विजेता र कालिका सामुदायिक वनलाई पुस्कृत तथा सम्मान गरिएको थियो । विद्यालय सञ्चालक समितिका सदस्य तथा गोरखा मोडेल स्कुल लमहीका प्रधानाध्यापक लोकमान रिजालको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले कथा लेखनले बालबालिकामा थप सिपको विकास हुने बताए । साथै अध्यक्ष विष्टले पढाई सँगसँगै अतिरिक्त क्रियाकलापले बालबालिकाहरुको थप क्षमता विकास हुने भएकाले यस किसिमको लेखन शैलीको विकास गराउन समेत आवश्यक रहेको बताए । कार्यक्रममा गोरखा मावि तुलसीपुरका उपाध्यक्ष डोरबहादुर जिसी, ऐरावती आदर्श बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख चन्द्रप्रकाश वली, सञ्चारकर्मीहरको विषेश उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक बसन्त पुनले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]