
Gsl
Nssbus7
Ssbus
dsbus
Ddhbs
Rbs
Csbus
Jsbus
gms
Amb
Pbu
Gsbus
Bksbus5
Ratbs

Rgu
Bbbpu
Hal
Ggd
Sls
Bbu
Wsp
Gst
Rgu
Rgs
nsb
Ksm
Ssm
Rsb
Tsm
Sbs
Asm
Pvg
Vor

Ptm
Abd
Mks
Syp
Bml
bbt
sab
Rpp
Gsb
Pls
Rmb
Jmb
Jmb
दाङ । गोरखा ग्रुप दाङद्वारा सञ्चालित दाङको राप्ती गाउँपालिका वडा नम्बर २,लालमटियामा रहेको गोरखा आइडियल स्कुलले शनिवार बालबालिकाहरुले लेखेको गोरखा आइडियलका कथाहरु (भाग २) नामकको पुस्तक विमोचन गरिएको छ ।
हिन्दुहरुको महान् पर्व बडा दशैंको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सँगै स्कुलले सो पुस्तक विमोचन गरिएकोे हो । सो पुस्तकको सम्पादक केशरी अम्गाई,सन्तोषी जिटी,आवरण कला तथा चित्र रविन्द्र मानन्धर रहेका छन् भने पुस्तक प्रकाशन गोरखा आइडियल स्कुलले गरेको छ । पुस्कतकको टिप्पणी साहित्यकार तथा ऐरावती आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीले गरेका थिए ।
कार्यक्रममा बालबालिकाहरुले लेखेर तयार पारेको पुस्तकलाई कार्यक्रमका प्रमुख अतिथि प्रकाश विष्ट र विद्यालय सञ्चालक समितिका सदस्य तथा गोरखा मोडेल स्कुल लमहीका प्रधानाध्यापक लोकमान रिजालले कथा लेख्ने ३९ जना बालबालिका र उनका अभिभावकहरुलाई सम्मान सहित पुस्तक वितरण गरिएको थियो ।
कार्यक्रममा हस्तलेखन प्रतियोगिता, दशैं तिहार शुभकामना पत्रका विजेता र कालिका सामुदायिक वनलाई पुस्कृत तथा सम्मान गरिएको थियो । विद्यालय सञ्चालक समितिका सदस्य तथा गोरखा मोडेल स्कुल लमहीका प्रधानाध्यापक लोकमान रिजालको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले कथा लेखनले बालबालिकामा थप सिपको विकास हुने बताए । साथै अध्यक्ष विष्टले पढाई सँगसँगै अतिरिक्त क्रियाकलापले बालबालिकाहरुको थप क्षमता विकास हुने भएकाले यस किसिमको लेखन शैलीको विकास गराउन समेत आवश्यक रहेको बताए । कार्यक्रममा गोरखा मावि तुलसीपुरका उपाध्यक्ष डोरबहादुर जिसी, ऐरावती आदर्श बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख चन्द्रप्रकाश वली, सञ्चारकर्मीहरको विषेश उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक बसन्त पुनले गरेका थिए ।
