
Gsbus
Ddhbs
Bksbus5
Nssbus7
Gsl
Amb
Ratbs
Rbs
Pbu
Csbus
gms
Ssbus
Jsbus
dsbus

Pvg
Wsp
Ssm
Sls
Vor
Ksm
Rgu
Ggd
Bbu
Sbs
Gst
nsb
Rsb
Bbbpu
Rgu
Hal
Rgs
Tsm
Asm

Bml
Jmb
Rmb
Syp
Rpp
Ptm
Pls
Abd
Gsb
bbt
Mks
sab
Jmb
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५, काठेकोलमा रहेको सरस्वती माध्यमिक विद्यालयले आज आइतबार एक कार्यक्रमको आयोजना गरी सेवा निबृत्त दुई जना शिक्षकलाई बिदाई गरेको छ ।
सेवा निबृत्त शिक्षकद्धय दिपककुमार श्रेष्ठ र सावित्री श्रेष्ठलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो । दुवै शिक्षकलाई फूल माला, दोसल्ला ओढाउनुका साथै मायाको चिनो प्रदान गरी बिदाई गरिएको थियो । उनिहरुलाई विद्यालयका तर्फबाट विद्यालयका निमित्त प्रधानाध्यापक प्रकाश डाँगीले माला,दोसल्ला र मायाको चिनो प्रदान गरेका थिए ।
त्यस्तै निमित्त प्रधानाध्यापक डाँगीको सभापतित्वमा भएको कार्यक्रममा बिदाई भएर जान लाग्नु भएका विद्यालयका शिक्षकहरु दिपककुमार श्रेष्ठ र सावित्री श्रेष्ठले बिदाई मन्तब्य ब्यक्त गरेका थिए । तीन दशक भन्दा बढी सेवा गर्नु भएका दुवै शिक्षकले बिदाई कार्यक्रममा बोल्दै आफूहरुले यस विद्यालयबाट धेरै कुरा सिकेको भन्दै विद्यालयलाई बिर्सन नसक्ने बताए । विदाई कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक,कर्मचारी र विद्यार्थीहरुले फूल माला लगाएर दुवै जना शिक्षकलाई बिदाई गरेका थिए ।
यसैबिच विद्यालयले आजै विद्यालयमा दशै, तिहार र छठ पर्वको अवसरमा सांस्कृति एंव शुभकामना आदानप्रदान कार्यक्रम पनि गरेको छ । सो अवसरमा विद्यार्थीहरुले गित,नृत्य,कविता प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक राजेश केसीले गरेका थिए । सरस्वती माध्यमिक विद्यालयमा काठेकोलमा नर्सरीदेखि १० कक्षासम्म नेपाली र अग्रेजी माध्यमका दुवै कक्षा सञ्चालमा छन् । कक्षा ११ र १२ मा ब्यवस्थापन र शिक्षा संकाय सञ्चालनमा छन भने प्राविधिक धारतर्फ विद्यालयमा अहिले तीन वर्ष डिप्लोमा तह सूचना प्रबिधि र २४ महिने निशुल्क आई टि र बाल बिकास सहजकर्ता कार्यक्रम संचालनमा रहेको छ ।
