
Msbus
Ksbus
Ggp
Sdc
Ksbus
Rgp
Lnp
Ggp
Asbus

दाङ । राप्ती गाउँपालिकाको साझेदारी संस्था सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएआरसी) द्वारा सञ्चालित भूमि–कृषि कार्यक्रमको वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिएआरसीका कार्यक्रम संयोजक रेमन्त चौधरी,कृषि प्राविधिक सागर शर्मा र लेखा अधिकृत दमन बुढाथोकीले एक वर्षको अवधिमा कार्यक्रमअन्तर्गत सम्पन्न गतिविधि, कार्यान्वयनका क्रममा भोगिएका चुनौती तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले भूमि–कृषि कार्यक्रमले भूमिहीन तथा सुकुम्बासी कृषकलाई महत्त्वपूर्ण सहयोग पुर्याउँदै आएको बताए । उनले भूमि अधिकार र जीविकोपार्जनसँग जोडिएका सवाललाई सम्बोधन गर्दै समुदायलाई आत्मनिर्भर बनाउन गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।
उपाध्यक्ष कमलापति चौधरीले भूमिहीन र सुकुम्बासी किसानलाई दीर्घकालीन लाभ हुने खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।
सो अवसरमा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, वडा नं. ७ का अध्यक्ष सिताराम चौधरी, भूमि शाखा प्रमुख हेमराज शर्मा, भूमि अधिकार मञ्च राप्तीका अध्यक्ष तुलसी चौधरी, भूमि–कृषि समूहकी अध्यक्ष सिता चौधरीलगायतले कार्यक्रमबारे आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा जनप्रतिनिधि ,कर्मचारी र साे कार्यक्रम बाट प्रत्यक्ष लाभान्वित किसानकाे उल्लेख्य उपस्थिति रहेको थियो । संस्थाका सहजकर्ता जगबिर चौधरीले स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सहजीकरण कार्यक्रम अधिकृत गोपाल बिकले गरेका थिए ।
