
Csb
Usb
Ksb
Rks
Ssb
Gsb
Nsb
Ssb
Ksb
Bsn
Ppu
Rsb
Ksb
Tgp

Hl1
Tsb
Gsb
Ssb
Usb

Rgu
ptl
Nps
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुल विज्ञान र व्यवस्थापन संकायमा देउखुरी क्षेत्रमै प्रथम हुन सफल भएको छ ।
सोमबार सार्वजनिक भएको कक्षा १२ को नतिजा अनुसार विज्ञान संकायमा १०० र व्यवस्थापन संकाय तर्फ १४४ गरि २४४ जना विद्यार्थी उत्तीर्ण गराउदै विद्यालय देउखुरी प्रथम भएको हो । विद्यालयका प्रिन्सिपल लोकमान रिजालका अनुसार यो सफलता विद्यालयको गुणस्तरीय पठनपाठन,दक्ष शिक्षक टोली,नवीनतम शिक्षण प्रविधि र विद्यार्थीको निरन्तर परिश्रमको प्रतिफल रहेको बताए ।
विद्यालयले विज्ञान संकायमा नवप्रवर्तनशील अभ्यासहरु अपनाउँदै आएको छ । जसले गर्दा विद्यार्थीको बौद्धिक क्षमतामा उल्लेखनीय वृद्धि भएको देखिएको विद्यालयले जनाएको छ ।
त्यस्तै गत शैक्षिक सत्रमा उक्त संकायमा अध्ययनरत धेरै विद्यार्थीहरुले ‘ए’ प्लस ग्रेड ल्याउन सफल भएका छन् । विद्यालयले सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक कार्यहरुमा पनि जोड दिँदै आएको छ । यसले विद्यार्थीलाई व्यवहारिक ज्ञानमा सशक्त बनाएको पाइएको छ । स्थानीय तहका शिक्षा प्रेमी,अभिभावक तथा विद्यार्थीहरु यो उपलब्धिमा गौरव अनुभव गर्दै विद्यालयप्रति कृतज्ञता प्रकट गरेका छन् ।
यस्तै विद्यालयले आगामी दिनहरुमा पनि गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकता दिँदै,देशमै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धताका साथ अघि बढिरहेको जनाएको छ ।
