
Ksb
Fmb
Ssb
Gsb
Bsn
Rks
Usb
Rsb
Tgp
Ksb
Csb
Nsb
Ppu
jsb
Ksb
Ssb

Tsb
Hl1
Ssb
Gsb
Usb

Nps
Rgu
ptl
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशन हुने तयारी गरेको छ । आज साँझ परीक्षाफल तयारी गरेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले लोकपथलाई जानकारी दिए ।
त्यसका लागि साँझ बैठक बस्ने तयारी भइरहेको उनले बताए । ‘आज साँझ बोर्ड बैठक बस्ने कुरा छ । सम्भव भएसम्म आज नै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेका छौँ,’ अर्यालले लोकपथसँग भने ।
यस्तै बोर्डको क्यालेन्डर अनुसार साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्नुपर्ने भएतापनि शिक्षकहरुको लामो आन्दोलनका कारण परीक्षाफल प्रकाशित गर्न ढिलाइ भएको हो ।
त्यस्तै गत वैशाखमा सम्पन्न भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागि भएका थिए । २०८१ साल वैशाख ११ गतेदेखि परीक्षा तोकिएकोमा शिक्षकहरुको आन्दोलनका कारण सरेको परीक्षा वैशाख २१ गतेबाट सुरु भएको थियो ।
