
Nsb
Ksb
Usb
Tgp
Bsn
Ksb
Csb
jsb
Rsb
Ssb
Ppu
Gsb
Ssb
Fmb
Ksb
Rks

Usb
Hl1
Ssb
Gsb
Tsb

Rgu
ptl
Nps
काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उहाँकै घरबाट पक्राउ गरेको छ ।
त्यस्तै यस अघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।
